४ पुस २०८१ बिहीबार
image/svg+xml

समाजलाई गीतको रोयल्टी

साइनो कला केन्द्र खोटाङले संगीत रोयल्टी संकलन समाजलाई गीतको रोयल्टी बुझाएको छ। ‘हलेसी साइनो स्टार–२०७५’ को आयोजक कला केन्द्रले ‘हलेसी साइनो स्टार’का प्रतिष्पर्धी छनोंटका क्रममा गीत बजाएवापत समाजलाई ५ हजार रोयल्टी बुझाएको हो।

प्राथमिक उपचार तालिम

डिस्कोभरी रोयल स्पोर्टस कम्पनी युएईले खोटाङमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रमा प्राथमिक उपचार तालिम प्राप्त स्वयंसेवक उत्पादन गर्दै प्राथमिक उपचा अभावमा अकालमा ज्यान गुमाइरहेका सर्वसाधारणको जीवनरक्षाका लागि दिक्तेलमा बिहीबार अन्तर्राष्ट्रिय स्तरको प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो।

विशाल मेमोरियल गोल्डकप : सिलिगुडीलाई हराउँदै झापा सेमिफाइनलमा

झापा–११ वीरगन्जमा जारी दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार नारायणी रंगशालामा भएको खेलमा भारत, पश्चिम बंगाल सिलीगुडीको रोयल फुटबल क्लबलाई ४–२ ले पराजित गर्दै झापा अन्तिम ४ मा प्रवेश गरेको हो।

कार्यविधि बन्यो, कार्यान्वयन भएन

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि संसोधन गरी सार्वजनिक सवारीसाधनमा गीत–संगीत बजाएबापत् रोयल्टी तिनुपर्ने व्यवस्था गर्‍यो। तर, कार्यविधि लागू भएको १० महिना बित्दा पनि कार्यान्वयन हुन सकेको छैन। व्यावसायीले गीतसंगीतको रोयल्टी बुझाउन आनाकानी गरेपछि स्रस्टा मारमा परेका छन्।

फाल्गुनन्द गोल्डकप : दार्जिलिङलाई रोक्दै आर्मी फाइनलमा

प्रतिस्पर्धात्मक खेलमा भारतको रोयल फुटवल क्लब दार्जिलिङलाई हराउँदै विभागीय टाेली त्रिभुवन आर्मी क्बल फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

ब्वाइज युनियनलाई स्तब्ध पार्दै दार्जिलिङ सेमिफाइनलमा

करन राईको दुई गोलप्रेरीत रोयल फुटबल क्लब दार्जिलिङ बिहीबार फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

राष्ट्रिय जलवायु सम्मेलनः नेपालले भारत र चीनसँग रोयल्टी माग्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले भारत र चीनबाट रोयल्टी पाउनुपर्ने माग अघि सार्ने भएको छ। ‘हामीले विकसित देशहरुले उत्सर्जन गरेको अत्याधिक कार्बनको सामना गरिरहेका छौं’, जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले भने, ‘दुई ठूला विकासशील देश भारत र चीनले उत्सर्जन गरेको कार्बनले हामीलाई प्रत्यक्ष असर गरिरहेको छ, त्यसैले नेपालको विकास र यसको प्रभाव न्युनिकरण गर्नका लागि दुवै छिमेकीले रोयल्टी दिनुपर्दछ।’

काठमाडौंको प्लेअफ सम्भावना बलियो, बुटवलकाे लगातार तेस्राे हार

बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाडौं रोयल्सको विजयी सुरुवात, धनगढी ब्लुज १७ रनले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

काठमाडौंले धनगढीलाई दियो १८१ रनको लक्ष्य, टोमारको बिष्फोटक ब्याटिङ

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ।

फिफा वर्ष खेलाडीको अवार्ड लुका माेड्रिचलाई, अन्य विधाका विजेता को ?

फिफा पुरुष वर्ष खेलाडीको अवार्ड क्रोएसियाका लुका मोड्रिचले जितेका छन्। लण्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राति भएको समारोहमा रियल मड्रिकका मिडफिल्डर मोड्रिचले पूर्व टिम सहकर्मी पोर्चुगीज रोनाल्डो र इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहालाई पछि पार्दै उपाधि जिते।

रोयल इन्फिल्डको कार्यक्रम

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको अधिकृत बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्ड युथ इम्पावरमेन्ट थ्रु मोटरसाइकल कार्यक्रम गरेको छ।

अबौँका योजना, लाखौँको रोयल्टी तिर्न आलटाल

अर्बौँ लगानीमा निर्माण भईरहेका तथा सम्पन्न जलविद्युत आयोजनाले निर्माणको क्रममा प्रयोग गरेका ढुंगा, गिटि, बालुवा लगायतका समाग्री प्रयोग गरेबापतको राजश्व बुझाउन आलटाल गरिहेका छन् । जिल्ला समन्वय समितले रोयल्टी बुझाउन पटक पटक आग्रह गरेपनि अझैसम्म जलविद्युत आयोजनाले बुझाएका छैनन्।

रोयल इनफिल्ड सर्भिस राईडर

नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्ड सर्भिस राइडर नामक कार्यक्रम गरेको छ।

गाडीमा गीत बजाए रोयल्टी तिर्नुपर्ने

भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीतसंगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो। रोयल्टी रकम  सवारीसाधन दर्ता तथा नवीकरण गर्दा तिनुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्