३ मंसिर २०८१ सोमबार
image/svg+xml
कला

समाजलाई गीतको रोयल्टी

रोयल्टी बुझ्दै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष एवं गायक तथा संगीतकार महेश खड्का। तस्बिर : नागरिक

खोटाङ - साइनो कला केन्द्र खोटाङले संगीत रोयल्टी संकलन समाजलाई गीतको रोयल्टी बुझाएको छ। ‘हलेसी साइनो स्टार–२०७५’ को आयोजक कला केन्द्रले ‘हलेसी साइनो स्टार’का प्रतिष्पर्धी छनोंटका क्रममा गीत बजाएवापत समाजलाई ५ हजार रोयल्टी बुझाएको हो।

साइनो स्टारका प्रतिस्पर्धीले विभिन्न संगीतकर्मीको गीत गाएवापत साइनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले संगीत रोयल्टी संकलन समाजका केन्द्रीय अध्यक्ष गायक तथा संगीतकार महेश खड्कालाई रोयल्टी रकम हस्तान्तरण गरेका हुन्। श्रष्टालाई गीत गाएर वा लेखेर बाच्ने वातावण सिर्जना गर्नका लागि रोयल्टी दिने अभ्यास गरिएको अध्यक्ष श्रेष्ठले बताए। ‘सायद खोटाङको सन्दर्भमा पैसा तिरेर गीत बजाएको पहिलो हुनसक्छ’, श्रेष्ठले भने, ‘हरेक सांगीतिक कार्यक्रमका आयोजकले रोयल्टी तिर्ने हो भने श्रष्टा गीत गाएर बाँच्न सक्छन्। गीत लेखेर बाच्न सक्छन्।’

गीतको रोयल्टी बुझाएकामा संगीत रोयल्टी संकलन समाजका केन्द्रीय अध्यक्ष एवं गायक/संगीतकार खड्काले साइनो कला केन्द्रलाई धन्यवाद दिए।

 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App