४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकप : दार्जिलिङलाई रोक्दै आर्मी फाइनलमा

दार्जिलिङका खेलाडीलाई रोक्ने प्रयासमा आर्मी (निलो) का खेलाडी। तस्बिर : गिरिराज/नागरिक

पाँचथर - प्रतिस्पर्धाकाबीच भारतको रोयल फुटबल क्लब दार्जिलिङलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबारको अन्तिम सेमिफाइनलमा दार्जिलिङमाथि २–१ को जित निकाल्दै आर्मीले उपाधिका लागि झापा–११ सँगको जित सुनिश्चित गरेको हो। दुवै टिमले आक्रामक प्रदर्शन गर्दा खेल रोचक बन्न पुगेको थियो। प्रतिस्पर्धात्मक खेलमा दार्जिलिङका खेलाडीले उत्कृष्ट प्रर्दशन गरे पनि आर्मीले कठिन जित निकाल्न सफल भयो।

साथै आत्माघाती गोल दार्जिलिङको पराजयको प्रमुख कारणसमेत बन्यो। खेलको १७औं मिनेटमा आर्मीले आत्माघाती गोलबाट अग्रता लिएको थियो। दार्जिलिङका डिफेन्डर बल क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। तर, २१औं मिनेटमा दार्जिलिङका सिद्धान्त क्षेत्रीले गोल फर्काउँदै बराबरी गरेका थिए।

आदेश तामाङको पासमा डिफेन्डरलाई बिट गर्दै सिद्धान्तले गोलकिपरसँगको वान भर्सेस वानमा गोल गरेका थिए। बराबरी भएपछि खेल निकै रोमाञ्चक बनेको थियो। दुवै टिमका खेलाडीले केही मौकासमेत गुमाएका थिए। खेलको २९औं मिनेटमा आर्मीका गोलकिपर विश्वास चौधरी लडेको अवस्थामा पाएको मौकामा दार्जिलिङका निवश राना गोल गर्न चुकेका थिए।

आर्मीका खेलाडीले पनि पटकपटक पाएको मौका गुमाएका थिए। पहिलो हाफको अन्तिम समयमा आर्मीका विवेक बस्नेतले गरेको प्रहार गोलकिपरले अमित खवासले छोडिसकेको बल दार्जिलिङका डिफेन्डर प्रतिक लामाले उत्कृष्ट बचाउ गरेका थिए।

उलेख्य मात्रामा भेला भएका दर्शक दुइतीर विभाजित हुँदा माहोल निकै रोचक बनेको थियो। दुवै टिमका खेलाडीहरु ‘गर या मरको’ अवस्थामा गोलगर्ने प्रयासमा थिए। खेलको ८९औं मिनेटमा आर्मीका एरिक बिष्टले  गोल  गर्दा पाउना टोली स्तब्ध बन्यो। ‘थ्रो’बाट प्राप्त बल डिफेन्डरबाट राम्रो क्लियर हुन नसक्दा बिष्टले पेनाल्टी क्षेत्रभित्रबाटै आर्कषक गोल गरे।

बिष्टको गोल नै निर्णायक बन्न पुग्यो। इन्जुरी समयमा दार्जिलिङका खेलाडीले गोल फर्काउन गरेको सक्दो प्रयास असफल भएको थियो। आर्मीको जितमा निर्णायक गोल गरेका बिष्ट म्यान अफ दी म्याच घोषित भए। सोमबार हुने फाइनलमा आर्मीले उपाधिको दाबेदार मानिएको झापा–११ को समाना गर्नुपर्नेछ।

दश टिम सहभागी प्रतियोगिता गत पुस २१ गतेबाट फिदिम माविको खेल मैदानमा सुरु भएको थियो। फिदिम स्पाेर्टिङ क्लब र पाँचथर फुटबल संघले आयोजना गरेका प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख रुपैयाँ र ट्रफि पाउनेछन्। उत्कृष्ट खेलाडीले यमाहाको मोटरसाइकल पाउनेछ।

प्रकाशित: २८ पुस २०७५ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App