७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जुम्लामा जिप दुर्घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ।

कनकासुन्दरीको देयारपाटामा भाइरल ज्वरोको संक्रमण, १ महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।

कनकासुन्दरी गाउँपालिकाको केन्द्र तोक्न निर्वाचन

गाउँसभा सदस्यहरुले गाउँपालिका केन्द्र विवाद समाधान नहुँदासम्म सभा चल्न नदिने अडान लिएपछि गाउँपालिकाले वडा नं. ४ का अध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो।

गाउँपालिका केन्द्र विवाद समाधानका लागि वार्ता टोली गठन

कनकासुन्दरी गाउँपालिका ४ का वडाध्यक्ष रविलाल आचार्यको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरिएको हो।

कनकासुन्दरीमा केन्द्र विवाद कायमै, आठौँ गाउँसभा स्थगित

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ। अहिलेसम्म न केन्द्रको टुंगो लागेको छ, नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ।

१० लाख लिएर कनकासुन्दरी गाउँपालिकाको जम्बो टोली भ्रमणमा

जुम्ला कनकासुन्दरी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको टोली १० लाख रुपैयाँ लिएर एक हप्ते भ्रमणमा निस्केको छ।

कनकासुन्दरीमा आलुबाली कृषक पाठशाला

आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ मा आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ।

कनकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन्।

पर्यटकलाई अर्गानिक खान्की

जुम्ला कनकासुन्दरी गाउँपालिकाका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमीको दाल। अनि अर्कोमा तरकारी र कचौंरामा भांगोको चटनी। यो सबै तयारी हेर्दा कुनै चाडपर्वमा खानपिनका लागि तयारी गरेको जस्तो भान हुन्थ्यो। तर, त्यो मेलापर्वको खान्की थिएन। त्यो मुगुमा रहेको अप्सरा हेर्न आउने पर्यटकका लागि बनाएको अर्गानिक खान्की थियो।

सभ्यता चिनाउँदै कनकासुन्दरी

जुम्लाको कनकासुन्दरी गाउँपालिका धार्मिक, सास्कृतिक हिसावले निकै अब्बल छ। यहाँको मौलिक संस्कृति र परम्परा ऐतिहासिक सिँजा राज्यसंग जोडिएको छ। त्यो हिसावले यो क्षेत्र निकै महत्वपुर्ण छ। तर उचित प्रचारप्रसारको अभावमा त्यो क्षेत्र माथि उस्कन सकेको छैन्।

पहिचान बचाउन नाम परिवर्तन गर्दै कनकासुन्दरी

जुम्ला कनकासुन्दरी गाउँपालिकाले एक बर्ष पहिले गाउँपालिकाको नाम परिवर्तन गर्न भन्दै कर्णाली प्रदेश सरकार समक्ष माग राख्यो। कनकासुन्दरीले समग्र सिँजाको इतिहास झल्काउन नसक्ने भन्दै खस हाटसिँजा गाउँपालिका नामाकरण गर्न पहल थाल्न अनुरोध गर्यो।

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

पर्यटकीय गन्तव्य कनकासुन्दरी

‘पहिलो चरणमा पर्यटकमैत्री होटल र पर्यटकमैत्री व्यवाहारमा जोड दिदै आएका छौ', अध्यक्ष रावतले भने ‘बिस्तारै पर्यटकमैत्री संरचना निर्माणमा समेत जोड दिदै जानेछौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्