२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कनकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता

फाइल तस्बिर : नागरिक

काठमाडाैँ - जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन्। उनीहरुले गतवर्षको  भत्ता हालसम्म नपाएकोे बताइएको छ। गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन्। गाउँपालिकाबाट बजेट नआएको जवाफ पैसा माग्न जाँदा स्वास्थ्य संस्थाले दिँदै आएको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले जानकारी दिइन्।  

हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पुर्‍याइएकोे जनाइएको छ। तर हालसम्म भत्ता नपाएको सुत्केरी आमाले गुनासो राखेका छन्। यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधी खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने रकम रु ८०० पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन्।

कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा  सुत्केरी भत्ता दिन नसकेको बताए।  उनले केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने जानकारी दिए। रासस

प्रकाशित: २ फाल्गुन २०७६ ०५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App