आइपिएलको मुख्य प्रायोजन संकटमा
भारत–चीन सीमा विवादपछि भारतमा शुक्रबार चाइनिज कम्पनीका उत्पादन बहिष्कार गर्ने चर्चा चुलिएसँगै इन्डियन प्रिमियर लिग(आइपिएल) मा चिनियाँ कम्पनीको मुख्य प्रायोजन संकटमा परेको छ ।
भारत–चीन सीमा विवादपछि भारतमा शुक्रबार चाइनिज कम्पनीका उत्पादन बहिष्कार गर्ने चर्चा चुलिएसँगै इन्डियन प्रिमियर लिग(आइपिएल) मा चिनियाँ कम्पनीको मुख्य प्रायोजन संकटमा परेको छ ।
ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अस्ट्रेलियामा हुने सम्भावना जीवन्त रहँदा चर्चित ब्याट्सम्यान गावस्करले आइपिएल श्रीलंकामा हुने सम्भावना रहेको बताएका हुन् । ट्वान्टी–२० विश्वकप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १९ सम्म हुने तालिका छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले अझै महामारीको रूप नलिए विश्वकप हुने सम्भावना रहेको छ ।
भारतीय क्रिकेट बोर्डका प्रमुख सौरभ गांगुलीले कोरोनाको त्रास घट्ने अवस्था भएमा इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिता छोट्याएर खेलाउन सकिने बताएका छन्। आगामी मार्च २९ देखि सुरु हुने विश्वकै ठूलो धनराशिको क्रिकेट प्रतियोगिता आइपिएल कोरोना भाइरस सन्त्रासका कारण गत शुक्रबार स्थगित भएको थियो।
चैत १ गतेदेखि १५ गते काठमाडौंमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा स्कटल्यान्डका जर्ज मुन्सेले पोखरा राइनोजबाट खेल्ने भएका छन्।
प्रिमियर लिगका अन्तरिम निर्देशक रिचर्ड मास्टर्सले नयाँ सिजनबाट प्रयोगमा ल्याउन लागेको भिडियो सहायक रेफ्री (भिएआर)ले विवाद सिर्जना गर्ने बताएका छन्।
आइतबार भएको फाइनलमा मुम्बईले चेन्नईमाथि १ रनको सनसनीपूर्ण जितका साथ चौथो पटक आइपिएलको उपाधि जितेको हो। १ सय ५० रनको विजयलक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन मात्र जोड्न सक्यो।
इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल भिडन्त चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच हुने भएको छ। चेन्नईले शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटको हराउँदै मुम्बईसँगको फाइनल भिडन्त पक्का गरेको हो।
मुम्बई इन्डियन्सले आइतबार कोलकाता नाइट राइडर्सलाई निराश पारेसँगै इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ समीकरण पूरा भएको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिकाका पूर्वकप्तान सन पोलाकले यसका लागि नयाँ नियम ल्याउनुपर्नेमा जोड दिएका छन्।
आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनप्रेरित कोलकाता नाइट राइडर्सले आइतबार मुम्बई इन्डियन्सलाई ३४ रनले निराश पार्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ प्रवेश सम्भावना जीवित राखेको छ।
कप्तान रोहित शर्माले जारी सिजन इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो अर्धशतक पूरा गरेको दिन मुम्बई इन्डियन्सले शुक्रबर चेन्नई सुपर किङ्समाथि ४६ रनको सहज जित हात पार्दै प्लेअफ सम्भावना बलियो पारेको छ।
विश्वको सर्वाधिक प्रतिष्ठित फ्रेन्चाइच क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण भारतमा चलिरहेको छ। आठ टिम सहभागी प्रतियोगितामा विश्वभरका ‘सर्वश्रेष्ठ’ खेलाडी खेलिरहेका छन्। त्यसैले प्रतियोगितामा सर्वाधिक रन बनाउनु अथवा विकेट लिनु खेलाडीका लागि उपलब्धीपूर्ण मानिन्छ।
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको क्रिकेटमा चौंथो जित निकालेको हाे।
कप्तान श्रेयस ऐयरको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले निराश पारेको छ।
नेपाली युवा स्पिनर सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा ५० विकेटको कोसेढुङ्गा पूरा गरेका छन्।