७ वैशाख २०८१ शुक्रबार

त्यो सम्झौता

आज पनि दिलसरा आकाशमा जहाज उडेको देख्दा मनमा ऊसँग हुन सक्ने मिलनको आशा गर्छिन्। अड्कल काट्छिन्-ऊ त्यही जहाजमा पो आयो कि!

आफूलाई चिन: किन र कसरी ?

सात महर्षि, जसलाई ‘सप्तर्षि’ भनिन्छ, उनीहरूले समाजको अवधारणाको स्थापना गरे। उनीहरूले ‘पुरुष’को अस्तित्वको कुरा गरे, जो (ऋग्वेद, १८–९०) नौ ग्रहसहित ब्रह्माण्डका स्रोत थिए, यी प्रत्येकमा सबै प्रकारको जीवन चिह्न र आन्तरिक पदार्थ थिए। उनीहरूले स्वीकार गर– प्रत्येक वस्तुभित्र सूक्ष्म रचनात्मक स्रोत सूक्ष्म रूपमा विद्यमान हुन्छ, जसलाई ‘आत्मा’ भनिन्छ। उनीहरूले यो पनि स्वीकार गरे– ‘जीव’ दुइटा अंशमा रहन्छन्, एक भौतिक र एक अभौतिक। एकको बिना अर्काको अस्तित्व रहन सक्तैन। यस धारणाप्रति आफ्नो सोचलाई बल दिनका लागि हामी मस्तिष्क र बुद्धिलाई लिन सक्छौँ। मस्तिष्क भौतिक पदार्थ हो, तर बुद्धि होइन। यी दुवैलाई साथ नराखे दुवैको अस्तित्व समाप्त हुन्छ र दुवै अर्थहीन भइहाल्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्