४ चैत्र २०८२ बुधबार
image/svg+xml

समानुपातिक सांसदले बिहीबार पाउँदैछन् प्रमाण पत्र

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभाका ११० जना सांसदलाई बिहीबार निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्ने भएको छ।

ऊर्जा सङ्कट बढेपछि श्रीलङ्कामा राति इभी चार्जमा नराख्न आग्रह

इभी प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ।

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन्। यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो।

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

अर्थमन्त्री खनाल १५–२० वर्षे अवधि भएको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै यस्तो ऋणपत्रले आर्थिक तरलता न्यूनीकरणमा सहयोग पुर्याउने बताए।

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ।

नतिजाले मात्र शिक्षाको गुणस्तर मापन हुँदैन : मन्त्री भण्डारी

भण्डारीले एसइई नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन्।

११ सय घण्टा उडान अनुभव भएका क्याप्टेन थापाले उडाइरहेका थिए खोटाङमा दुर्घटनाग्रस्त हेलिकप्टर

खोटाङको बेलाबेसीमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टर १ हजार १०५ घण्टा उडान अनुभव भएका ३४ वर्षीय क्याप्टेन सबिन थापाले उडाइरहेका थिए। कम्पनीका अनुसार दुर्घटनामा एक यात्रु घाइते भएका छन् भने क्याप्टेन थापासहित अन्य पाँच जना सकुशल छन्।

कुलतमा डुबेका सुवास, युवा उद्धारका सहारा बन्दै

सुवासको कथा सामान्य उतारचढावको कथा होइन, बरु त्यो यात्रा हो जहाँ एक व्यक्तिले आफैंलाई हराउँदै, फेरि खोज्दै फर्किन्छ।

कार्की आयोगको प्रतिवेदन सात दिनभित्र सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी

बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त संगठनले कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको हो।

ताप्लेजुङमा आधा भरिएको एलपी ग्यासको मूल्य १३ सय रुपैयाँ !

बुधबार जिल्लाका ग्यास सिलिण्डर बिक्रेताहरूको भेलाले ७.१ किलोग्राम वजनको आधा भरिएको एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १,३०० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ।

सन्दीप लामिछाने ईयू टी–२० बेल्जियम लिगमा खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पहिलो संस्करणको ईयू टी–२० बेल्जियम लिग खेल्ने भएका छन्।

खोटाङ हेलिकप्टर दुर्घटना: एयर डाइनेस्टीले के भन्यो ?

खोटाङको बेलाबेसीमा बुधबार बिहान भएको हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले दुईवटा छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी गराएको छ।

अन्य पार्टीबाट रास्वपा आएकालाई लामिछानेको आग्रहः पुरानो प्रवृत्तिबाट टक्टकिनुहोस्

“तपाईंहरूलाई कुनै पनि प्रकारको लघुताभास राख्नुपर्ने आवश्यकता छैन, हामीले हृदय ठूलो पारेर स्वागत गरेका छौं,” उनले भने।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्