१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खेवाङका पहिरो पीडितलाई १२ लाख रुपैयाँ बढी राहत रकम हस्तान्तरण

उनका अनुसार पीडितलाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’, र ‘घ१’ गरी पाँच वर्गमा वर्गीकरण गरिएको थियो। ‘क’ वर्गको एक परिवारलाई ५१ हजार ४ सय ८६ रुपैयाँ प्रदान गरिएको छ। ‘ख’ वर्गका १३ परिवारलाई जनही ४५ हजार रुपैयाँका दरले ५ लाख ८५ हजार रुपैयाँ तथा ‘ग’ वर्गका १९ परिवारलाई जनही २० हजार रुपैयाँका दरले ३ लाख ८० हजार रुपैयाँ वितरण गरिएको छ। यस्तै ‘घ’ वर्गका १८ परिवारलाई जनही १० हजार रुपैयाँका दरले र ‘घ१’ वर्गको एक परिवारलाई १५ हजार रुपैयाँ प्रदान गरिएको वडाध्यक्ष दाहालले जानकारी दिए।

सिरिजंगा गाउँपालिकासहित देशभरका तीन स्थानीय तहको बेरुजु शून्य

उतिबेला देशभरका ४ सय ६० वटा गाउँपालिकातर्फ भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका पहिलो र पाथीभरा याङ्वरक गाउँपालिका दोस्रो भएका थिए। कूल बेरुजु अंकलाई लेखा परीक्षण गरिएको अंकले भाग गरी सयले गुणन गर्दा अहिले काम रहेको बेरुजु प्रतिशत आउँछ।

बाढी पीडितलाई पानीका पाइप वितरण

संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्बन्धित वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाई वितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलबार जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।

ताप्लेजुङको सिरिजंगा संक्रमणमुक्त, फुङ्लिङमा संक्रमित दिनहुँ थपिदैँ

शुक्रवार जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरण अनुसार ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिकामा कोरोना संक्रमणमुक्त भएको देखिएको छ। सबैभन्दा बढी संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्