२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ड्याडी

मेरो बाबा त विदेश जानुभएको छ। गिफ्ट त ड्याडीले ल्याइदिनुभएको। यति भन्दै झोलामा लुकाएर ल्याएको मोबाइल खोल्दै भनी, ‘हेर, ह्यापी बर्थ डेमा मेरो ड्याडी र मम्मी नाचेको भिडियो।’

पाटी, मान्छे र परेवा

माथि छानामा बसेको एक्लो परेवा हेर्दा लाग्छ, त्यो मेरै मनको वेग हो छानामुनिको पाटीलाई भौतिकवादी दृष्टिले हेर्दा लाग्छ यो संसारकै सबभन्दा सानो विश्रामस्थल हो।

आदेश

न्यायाधीशको त्यस जवाफमा शिक्षकले आफ्नो उत्तर दिए, ‘हजुर! यसमा हाम्रो के दोष? बेलाबेलामा उपदेश,नैतिक कथा र ज्ञानगुनका कुरा भन्ने गरेका नै हौं तर के गर्नु सरकारले नै नैतिक शिक्षाको पठनपाठन बन्द गराएको छ।’

खुसीहरू

फूलहरूले आफू फुल्नुअघिका जम्मै दुःखहरू बिर्सिएका हुन्छन्। फुलिसकेपछि आइरहने दुःखहरूलाई पनि सम्झिएका हुँदैनन्।

जेठो जुवाइँ

‘ढोकामा नबस्नुस्।’ कसैले उनलाई उत्ता धकेल्यो। तैपनि उनी जबर्जस्ती भित्र पसे। राजसी खानदान आहा! धेरैबेरको ढुकाइपछि कसैले उनको अगाडि केही खानेकुरा राखिदियो। कतै नहेरी उनले सबै खाए। अझै खाऊँखाऊँ हुँदाहुँदै उठे।

निर्णय

केही वर्षपछि शर्मिलाका दुवै किड्नीले काम गर्न छाडे। दीपकले उनलाई बचाउन भरसम्भव प्रयास गरे। उनले किड्नी डोनर पनि पाए। शर्मिलाले नयाँ जीवन पाइन्। उनलाई डिस्चार्ज गर्ने दिनमा एक्कासि देवेन्द्र उनको अगाडि देखापर्‍यो।

बाह्र वर्षमा लाग्ने मकर मेला भर्न गइयो

दुःखकष्ट पखाल्न पुण्य नदी तर्न गइयो,बाह्र वर्षमा लाग्ने मकर मेला भर्न गइयो। घुम्दै सचितीर्थ त्रिवेणी धाम मन्दिरतिर,इन्द्रेश्वर ब्राम्यणीको दर्शन गर्न गइयो।

आमा

‘बाबा!’म छोरीको आवाजले झसंग हुन्छु अनि फेरि म यताउति आमालाई खोज्छु तर कतै पाउँदिनँ। मेरा आँखाबाट आँसु अनायासै बहिरहन्छ अनवरत–अनवरत।

प्रेमहीन प्रेम दिवसका गुलावहरू

आजभोलि धेरैले आफ्नो आवश्यकता र क्षणिक आकर्षणलाई प्रेम भन्दारहेछन्। एउटा गुलावमा र तीनवटा चकलेटमा प्रेमको किनबेच गर्नेहरूले आत्मिक प्रेमको अर्थ कति बुझे होलान्? प्रेमको अर्थ बुझेर प्रेम गर्नेहरूलाई कुनै प्रेमदिवस आवश्यक पर्दैन।

मिसकल

‘ए दिदी, हजुरलाई कैलेदेखि फोन गरेको, फोनै उठाउनु हुन्न। हेर्नुस् त कति मिसकल आएका छन्? घरमा भिनाजु एक्कासि हर्टएट्टयाक्ट् भएर लड्नुभयो।’

अर्काको बाछो

कुन घर? मैले खेतबारीको उब्जनी नलिएर सित्तैमा तेरा बाबुआमालाई राखेको मेरो घर? यो मेरो प्रश्न अर्काको बाछालाई थियो।

दाइजो

बिहे गरेर दुलहीले केके लिएर आई, दाइजो केके ल्याई र कति ल्याई भनेर चियोचर्चो गर्ने तिमीजस्ता मान्छेले दुलहीले केके छोडेर आई भनेर किन कहिल्यै सोच्न सक्दैनौ हँ?’

तिम्रै ओठबाट सधैं गुनगुनाउने

बिहानीको घाममा मोती जस्तै टल्किने शीत बनूँ लाग्छ, तिम्रै ओठबाट सधैं गुनगुनाउने एउटा राम्रो गीत बनूँ लाग्छ। कहिले बादलहरूलाई देख्दा रंगीन हुने कल्पना गर्छु, तिम्लाई दुखको कमी कहिले नहुने जित बनूँ लाग्छ।

हाम्रा कमरेड

भोलिपल्ट पुग्नेबित्तिकै मन्त्री अग्निप्रसाद कड्किए, ‘के हो कमरेड, तपाईले त दलितलाई पो भान्से बनाएर ल्याउनुभएछ त। घिमिरे बाहुन भनेको त कामी घिमिरे पो रहिछे त। दलितले पकाएको भान्सा कसरी खाने। हिजै लखेटिदिएँ मैले!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्