२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आमा

लघुकथा

रोशन पराजुली

‘ए बाबू,ए बाबू’ आमाको उही परिचित बोली सुन्छु।

पछाडि फर्केर हेर्छु मात्र शून्यपन।

‘आमामा’ चिच्याउँछु अनि थचक्क भुईमा बस्छु।

हातमा थाली लिएर हाम्रासामु आमा उभिएको अनुभूति गर्छु र वरिपरि कान्छी दिदी,भाइ अनि मैले आमालाई घेर्छौ।

देवीप्रसाद बाजेका घरको तगारोभित्र हामी आफूलाई लुकाउँछौ आमाको मजेत्रोमा।

आमाको आग्रह, ‘आओ सबै जना,आँ गर माम खानुपर्छ।’

एक गाँस माम अलिअलि तिनै जनाको मुखमा हालिदिनुहुन्छ।

फेरि पनि उस्तै गाँस आनन्दको माहौल।

–ल जाओ खेल्न अब तिमीहरू!

‘बाबा!’म छोरीको आवाजले झसंग हुन्छु अनि फेरि म यताउति आमालाई खोज्छु तर कतै पाउँदिनँ। मेरा आँखाबाट आँसु अनायासै बहिरहन्छ अनवरत–अनवरत।

प्रकाशित: २७ माघ २०७८ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App