१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संखुवासभा दुर्घटना अपडेट : बेपत्ता सबैको पहिचान खुल्यो, खाेजी कार्य जारी

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।

रोकिरहेको बस एक्कासी गुडेपछि...

जिल्लाको तिला गुफा नगरपालिका एकनाग्म बजारदेखि जुम्लाको खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै पाँच जना घाइते भएका छन्।

आन्ध्र प्रदेशमा डुंगा दुर्घटना, कम्तीमा १२ को मृत्यु, कैयौं बेपत्ता

भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आइतबार दिउँसो भएको डंगा दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी बेपत्ता भएका छन् ।

भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस कमलबारीमा दुर्घटना

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन्।

दुर्घटनामा दुईको मृत्यु

पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन्।

यात्रुबाहक बस दुर्घटना

यात्रुबाहक बस लम्की–टीकापुर सडकखण्डको अमौरी जंगलमा सडकभन्दा तल खसेको हो। बसका चालक दुर्घटना पश्चात सम्पर्कविहिन रहेको प्रहरी निरीक्षक चन्दले बताए।

ट्र्याक्टरको ठक्करबाट मृत्यु

दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनिल विकको मृत्यु भएको हो।

दाजुभाइको झगडाले आमाको ज्यान गयो

बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ। हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफू चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो।

बालबालिकाका लागि दुर्घटना बीमा

रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ।

सेनाको ट्रकले ठक्कर दिँदा सुन्धारामा मोटरसाइकल चालकको मृत्यु

त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो।

चाउचाउ ल्याइदिन्छु भन्दै गएकी आमा चढेको जिप दुर्घटनामा परेपछि...

अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाकी कौसी साउद भदौ १३ गते शुक्रबार बिहानै छोराछोरीलाई बजारबाट चाउचाउ, बिस्कुट ल्याइदिने भन्दै फकाउँदै थिइन्। मुलाको भारी बोकेर हिड्न लागेको देख्दा दुई बर्षको कान्छो छोरो गणेश उनलाई पछ्याउँदै रोइरहेको थियो। आफू बजारबाट छिट्टै फर्किने र चक्लेट ल्याइदिने भन्दै उनी रोइरहेको छोरालाई छोडेर हिँडिन्। उनीसंगै उनकी सासु नाता पर्ने किथ्थी पनी आलुको भारी बोकेर उनीसंगै साँफेबगर तर्फ लागिन्।

अमेरिकामा भएको सडक दुर्घटनामा तीन नेपालीको मृत्यु

अमेरिकाको मिजौरी राज्यमा मंगलवार अपरान्ह भएको एक सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चार वर्षीय बालक र सवारी चालक गम्भिर घाइते भएका छन्। घाइतेमध्ये ४ वर्षीय बालकको अवस्था चिन्ताजनक रहेको स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्