आजदेखि मतदाता नामावली अद्यावधिक
देशभरका ७ सय ५३ स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।