२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उषा केसीको 'माकुरी' लोकार्पण

साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसंग्रह ‘माकुरी’को विमोचन भयो।

प्लास्टिक प्रयोग बन्द गर्दा के होला?

यदि हाम्रो जीवनमा अकस्मात् प्लास्टिकको पहुँच नहुने हो भने त्यतिबेला हामीलाई यसको महत्व झन् टड्कारो हुने छ। अस्पतालमा प्लास्टिक नहुने हो भने यसको प्रभाव विनाशकारी हुने छ। मृगौला रोगीका लागि आवश्यक डायलाइसिस युनिटलाई प्लास्टिकबिना सञ्चालन गर्ने कल्पनासमेत गर्न नसकिने बेलायतको किले विश्वविद्यालयका वरिष्ठ लेक्चरर स्यारोन जर्ज ठान्छिन्।

सामाजिक यथार्थको प्रतिबिम्ब ‘अन्ततः यन्त्रणा’

सुमन वर्षालिखित ‘अन्ततः यन्त्रणा’ सामाजिक उपन्यास हो। यस उपन्यासमा मूलतः नारी संवेदनाको पक्षलाई समेटेर सामाजिक यथार्थको चित्रण गरिएको छ।

सेर

‘निर्मला,कुरा बुझ के। हल्दियाबाट आएको साहुले बोर्डिङ खोल्या छ। भोलि छोराको बोर्डिङ फि नतिरे छोरालाई स्कूल नपठाए हुन्छ। त्यहीं हल्दिया साहुको केजी नपल्टाई त्यसलाई स्कुल फि कहाँबाट तिर्नु? बुझेउ निर्मला?’

चितवनका आख्यानकार वसन्त पराजुलीको ‘मोम्चो’ को परिचर्चा

पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको ‘मोम्चो’ कथासंग्रमाथि कोहलपुरमा परिचर्चा गरिएको छ। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो।

उपचार

आफ्नो त्यत्ति राम्रो मायालु पतिदेवको पीडा र सुन्दर अनुहार कपालले नराम्रो देखिन थालेकोमा मैया पनि चिन्तित नै थिई।

देश कहाँ दुख्नुपर्छ!

जसले घामसँगै उक्लनु छ छिचोल्नु छ दुखको पहाड मेट्नु छ केटाकेटीको भोक, प्यास, तिर्खा, दिनु छ सबैलाई मातृत्वका आशा र भरोसाका लाभाहरू अब सोध्नु देश कहाँ दुख्नुपर्छ!

निदाउनुअघि

बिस्तारै बुझ्दैछु म हाम्रो संकल्प, बिस्तारै चिन्दैछु म हाम्रो माटो बिस्तारै गाउँदैछु म हाम्रो एकताको गीत निदाउनुअघि।

ठूलो हुँ कि सानो?

ठूलो भइस् भन्नुहुन्छ, सानो पनि भन्ने, सिक्दैछौ नि भन्नुहुन्छ, जान्यो पनि भन्ने। बनेको छु ठूलो सानो, परेको छु अल्मल,आमाबाबा किन यस्तो, गरौं न एक छलफल।

शरणार्थी

मैले जीतको तात्पर्य जानिनँ। प्रत्युत्तर दिंदै भने,‘देश र जनतालाई हराएर स्वार्थी समूहले गरेको रणनीतिक जितले केही प्रगति हुन्न। जितेको भए असी लाख युवाले विदेशमा किन शरण लिनुपर्थ्यो !’

कमरेड

झ्याल खोलेर हेरे। बाहिर पानी दर्किरहेको थियो। ज्याकले भने,‘कमरेड, पानी आइरहेको छ, कसो गर्ने। उज्यालो भएपछि आउँदा हुदैन?’

मुर्गाको खोजी

‘धनी बाउकी छोरी रहिछे। फेरि उनी राम्री पनि छिन्। बुझकी रहिछे। जीवनसाथी बनाए त मेरो भाग्य त्यसै चम्किन्थ्यो। मलाई यस्तै सकारात्मक सोचको मान्छे मनपर्छ।’ तेवलाले मनमनै सोच्दै सानो बोतलको तातो कफीको एक चुस्की लियो।

छिन्जोङको सपना

कुंगाले मधुरो स्वरमा भन्यो, ‘झुमा, गुम्बामा कति झुमाहरू एक्लै बसेका छन्। बुद्धको ध्यान गरेर बस्यो भने एक्लोपन सबै बिर्सिन्छ। म एक्लै जसरी लामा भएर बसेको छु त्यसरी नै तिमी झुमा भएर एक्लै बस्न सक्छ्यौ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्