१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

उपचार

लघुकथा

रेणु अधिकारी ‘मौनता’

‘आजकल मलाई ऐना हेर्न पनि मन लाग्दैन। मैया कपाल झरेर अनुहार हेर्न पनि दिक्क लागिसक्यो। दिनानुदिन कपाल झरेर तालु नै देखिन लागिसक्यो।’ दिपकले निधार खुम्च्याउँदै आफ्नो श्रीमतीलाई गुनासो पोख्यो।

आफ्नो त्यत्ति राम्रो मायालु पतिदेवको पीडा र सुन्दर अनुहार कपालले नराम्रो देखिन थालेकोमा मैया पनि चिन्तित नै थिई।

त्यसैले विभिन्न साथीसँग फोन गरेर, इन्टरनेट हेरेर र आफ्नो श्रीमानको कपाल झरेको रोकथाम गर्ने र नयाँ कपाल उमार्ने उपायबारे सोधपुछ गर्न थालिन्।

एकदिन एकजना सहेलीको सल्लाहले काठमाडौंको राम्रो अस्पतालमा नाम चलेका डाक्टरसँग उपचारका लागि समय निर्धारण गरिन्।

मैया आफ्नो श्रीमानलाई लिएर अस्पताल पुगिन्। डाक्टरले राम्ररी जाँचेपछि खाने र लगाउने धेरै औषधि लेखिदिए। तीन महिनासम्म नटुटाई औषधि खाने र तेलले मसाज गर्ने गरे तीन महिनामा झर्दै गएको कपाल झर्नबाट छुटकारा पाइने र झरेको ठाउँमा नयाँ रौहरू पलाउँदै जाने कुराको जानकारी डाक्टरबाट पाएपछि दिपक फेरि कपाल पलाएर आफ्नो  टाउकोमा पहिलेको जस्तै कपाल पलाएर पहिलेजस्तै राम्रो देखिन पाइने आशामा मन मक्ख परे।

डाक्टर साहेवलाई मुरीमुरी धन्यवाद दिंदै मैया र दिपक उठेर हिंड्न लागेका मात्रै के थिए,डाक्टर साहेवको टाउकोमा लगाइरहेको टोपी फुत्त भुईमा झर्‍यो। डाक्टरले हतपत्त टोपी टिपेर टाउकोमा लगाए। मैया अवाक् हुँदै डाक्टरको टाउको हेरिरहिन् किनकि डाक्टरको टाउकोमा एउटा पनि कपाल थिएन।

प्रकाशित: ३ असार २०७९ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App