१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

सेर

लघुकथा

योगप्रसाद उपाध्याय चापागाई

निर्मला सधैं केही न केही बोकेर चोकमा इन्दुलाई बेचेर जान्थी। कहिले दूध, कहिले दही र कहिले मही मानामाना जोखेर ल्याउँथी। कहिले मासको दाल। आज निर्मलाले पाँच केजीको एउटा पाकेको फर्सी बोकेर चोकमा आई।

निर्मलाको फर्सी तौलिएर इन्दुले ‘चार केजी’ भयो भन्दै हिसाब सुनाई। निर्मलाको अनुहार रातोपिरो भयो।

निर्मला कडकिएर बोली,‘के हो साहुनी यस्तो? मानाको बन्दोबस्त ल्याएको दूध खर्लप्प घटाएर लिटार भन्छेउ। पाँच सेरको सर्फीलाई चार किलो भनेर बन्दोबस्तको पैसा पनि घटाउँछेउ। हामीलाई बेच्दाचाहिं फेरि दुई सय ग्रामको एक पावा भएको भन्छेउ। लाटी भन्ठानेकी त हैनौ मलाई?’

‘निर्मला,कुरा बुझ के। हल्दियाबाट आएको साहुले बोर्डिङ खोल्या छ। भोलि छोराको बोर्डिङ फि नतिरे छोरालाई स्कूल नपठाए हुन्छ। त्यहीं हल्दिया साहुको केजी नपल्टाई त्यसलाई स्कुल फि कहाँबाट तिर्नु? बुझेउ निर्मला?’

निर्मला इन्दुले दिएको रुपियाँ पोको पारी र इन्दुका कुराले प्रस्ट भएको लिटर, केजी,मानो र सेरको कडी पनि बुझी। चोक बजारका साहु र गाउँपाखाका खेतीवालाको बुझाइ बुझ्दै घरतिर लागी।

प्रकाशित: ३ असार २०७९ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App