२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एकैसाथ आमाछोराको कृति लोकार्पण

कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को ‘हृदयका स्पन्दनहरू’ (कवितासंग्रह) सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गरे। सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ पुस्तक पनि सार्वजनिक गरियो।

तमोरको सभ्यताः टिप्तलाको यात्रा

जंगलको बाटो, यात्रा गर्ने केवल दुईजना थियौँ। चराहरूको आवाज सुनिन्थ्यो तर मान्छे कोही भेटिएन। दिनभर यात्रा गर्दा बाटोमा एउटा कुकुर भेटिएको थियो। त्यसले पनि हामीलाई जित्यो।

अभद्र ‘सवारी साहित्य’मा प्रहरी डन्डा!

सार्वजनिक सवारी साधनका भित्ताहरूमा लेखिएका सायरीले हरेकको मन तान्छ। गाडीपिच्छे लेखिएका रोचक साहित्य कतिपय अवस्थामा निकै मिठा पनि हुन्छन्। जसमा मोहित नहुने विरलै हुन्छन्।

बज्जिका भाषा मिडिया पुस्तक लोकार्पित

बज्जिका साहित्य संगम रौतहटको ५०औं साहित्य गोष्ठीका अवसरमा दुई प्रतिभालाई सम्मानित गरिनुका साथै बज्जिका भाषा र मिडिया नामक कृति सार्वजनिक गरिएको छ।

ध्रुवचन्द्रको २८ औं उपन्यास ‘सातो’ सार्वजनिक

उपन्यासकार ध्रुवचन्द्र गौतमको उपन्यास ‘सातो’ प्रकाशनमा आएको छ। शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा उपकुलपति जगमान गुरुङले ‘सातो’ विमोचन गरेका थिए।

सुन्दर बस्ती

केही महिनापछि मन्दिरमा तनाव पोख्नेहरू हराउँदै गए। मान्छेहरू पूजा गर्ने र घुम्ने उद्देश्यका बढी देखिन थाले। समाजमा केटाकेटीका लागि स्कुल, पार्क र खेल मैदान बने।

उपन्यासकार रेखा यादवको ‘आत्मजा’ को परिचर्चा कार्यक्रम सम्पन्न

साहित्यिक पत्रकार संघले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास ‘आत्मजा’ को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो।

‘हाम्रो बाटो’ लघुकथासंग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

‘हाम्रो लघुकथा पाठशाला’को आयोजनामा म्यामराज राईको ‘हाम्रो बाटो’ लघुकथासंग्रहको जुम मार्फत परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

उपन्यासकार सुमन वर्षाको ‘अन्ततः यन्त्रणा’ को गृह विमोचन

भद्रपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी स्रष्टा सुमन घिमिरेको ‘अन्ततः यन्त्रणा’ उपन्यासको झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ।

प्रेरणाको स्रोत

मेरो जवाफ सुनेर सरले अझै थप्नुभयो, ‘हो र सर। सुन्नुस्, हामीलाई त अझ अफिस कतिखेर पुगौं जस्तो लाग्छ। दिन गएको पनि पत्तो नै हुँदैन।’

स्लो मोसन

आधा घन्टापछि मेनेजर, गार्डको छेवैमा आएर सुस्तरी (स्लो मोसनमा) बोल्यो, ‘मिस्टर स्माइल, यदि तिमीले ग्राहक वा अरू कसैलाई प्रभावित बनाउनु छ भने स्लो मोसनमा बोल्नु आवश्यक हुन्छ। सेक्युरिटी गार्ड भएर तिमीलाई यति कुरा थाहा छैन? नत्र तिम्रो यति हँसिलो मुहारको मुस्कान विनाश भएर जाला है।’

घाँघरीको पोल्टो

कोल्टो पर्‍यो कोल्टो, घाँघरीको पोल्टो! भट्ट–मकै भुटी च्युरा कुटीकुटी बनाएको खाजा भैंमा खस्यो लौ जा! कोल्टो पर्‍यो कोल्टो,घाँघरीको पोल्टो! भैंको टिपी खान, हुन्न अरे आमा!

लेखकहरूलाई दलित बस्तीमा घुमाइयो

तनहुँको व्यास नगरपालिका–१३, आँपस्वारस्थित दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टेको प्रवर्द्धन गर्न कन्सेप्ट नेपालले २६ जना स्थापित लेखकलाई घुमाएको छ।

खुसी लघुकथासंग्रहमा डुबुल्की मार्दा

लघुकथा लेख्नु अलि कठिन नै हुन्छ। लेखकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन। फेरि अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता छ।यद्यपि यो मामलामा कथाकार किशन पौडेल खरो उत्रिएका देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्