१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

स्लो मोसन

लघुकथा

राजकुमार श्रेष्ठ

ऊ सँधै मुस्कुराइरहन्थ्यो। मुस्कुराउँदै बोल्ने बानीले उसलाई सबैले मिस्टर स्माइल भनेर बोलाउथें। उसँग दोस्ती गर्ने मान्छेको कति पनि कमी थिएन। प्रायः मान्छेहरू उसलाई देख्दा मुस्कुराउँदै हिंड्थे।

मिस्टर स्माइल एउटा हाइपर मार्केटमा गार्डको काम गर्दथ्यो। उसको ड्युटी कडा, स्टान्ड बाइ थियो। एकदिन ऊ दिउँसो ड्युटी गरिरहेको समयमा एउटा मान्छे सपिङ गर्न आयो। उसले चिउँडोमुनि मास्क झारेको थियो। कोरोना संक्रमणकाल हुनाले गार्डले मास्क लगाउन अनुरोध गयो र त्यो मान्छेको शरीरको तापक्रम चेक गयो। तर, उसले सुनेर पनि नसुनेझै गरी मार्केटभित्र सरासर जाँदै थियो।

स्माइलले फेरि निकै ठूलो आवाजले बोल्दै त्यो ग्राहकलाई पुनः फेस मास्क लगाउन अनुरोध गयो। सेक्युरिटीको त्यो बोलीको गर्जन सुनेर ग्राहक पनि तर्सिएझै गरी फरक्क फर्किएर बजार बाहिर निस्कियो र उसको बाटो लाग्यो। मेनेजरले पनि यो कुरा सुनेर हेरिरहेको थियो।

आधा घन्टापछि मेनेजर, गार्डको छेवैमा आएर सुस्तरी (स्लो मोसनमा) बोल्यो, ‘मिस्टर स्माइल, यदि तिमीले ग्राहक वा अरू कसैलाई प्रभावित बनाउनु छ भने स्लो मोसनमा बोल्नु आवश्यक हुन्छ। सेक्युरिटी गार्ड भएर तिमीलाई यति  कुरा थाहा छैन? नत्र तिम्रो यति हँसिलो मुहारको मुस्कान विनाश भएर जाला है।’ 

मेनेजरको यो कुरा सुनेर मिस्टर स्माइल निकै सोचमग्न बन्यो।

प्रकाशित: २२ असार २०७९ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App