२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

उपन्यासकार सुमन वर्षाको ‘अन्ततः यन्त्रणा’ को गृह विमोचन

भद्रपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी स्रष्टा सुमन घिमिरेको ‘अन्ततः यन्त्रणा’ उपन्यासको झापा उद्योग वाणिज्य संघको सभाहलमा लोकार्पण गरिएको छ।

कार्यक्रमका अध्यक्ष कृतिकारका पिता गोपाल घिमिरे, प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रा. होम सुवेदी, प्राज्ञ सुभद्रा भट्टराई र भद्रपुर नगरपालिका -७ का वडाध्यक्ष अभिषेक ढुंगानाले सो कृतिको लोकार्पण गरेका हुन्।

लोकार्पित कृतिको समीक्षा कवि तथा पत्रकार माया मितु न्यौपाने र स्रष्टा कुमार भट्टराईले गरेका थिए। कार्यक्रममा प्रमख अतिथि  राजेन्द्र लिङ्देल, अध्यक्ष गोपालबहादुर घिमिरे, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रा. होम सुवेदी र प्राज्ञ सुभद्रा भट्टराईले शुभकामना मन्तव्य दिएका थिए।

यसैगरी कार्यक्रममा उपन्यास ‘अन्ततः यन्त्रणा’की लेखक सुमन वर्षाले लेखकीय मन्तव्य राखेकी थिइन्।

कार्यक्रम सञ्चालन आयोजक संस्था सर्जक मञ्च झापाकी अध्यक्ष लीला अनमोलले गरेकी थिइन्। कार्यक्रममा अनमोलले कविता वाचन र देवीचरण भण्डारीले गीत गाएका थिए।

कार्यक्रममा प्राडा पृथ्वीविक्रम राई, डा. खगेन्द्र दाहाल,  घनेन्द्र शर्मा, प्रा. गंगाराम ढुङ्गेल, टोपलाल ज्ञवाली, लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति हरिप्रसाद नेउपाने, पं.रघुनाथ रिमाल, महेन्द्र भट्टराई ‘दुरगामी’,  कृष्ण सुवेदी ‘निराकार’, अनिरुद्र सिटौला, तोसल दाहाल, गोपाल गिरी, सन्तोष अग्रवाल, गोपाल आचार्य,बागमती सफाई अभियानका अभियन्ता मदनकुमार पोखरेल, अनिता रिजाल, लता खरेल, बद्रीबहादुर कार्की, कृष्ण पाठक, कृतिकारका आफन्तजन लगायत यसक्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: २३ असार २०७९ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App