२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उपचार

यो पेटले धनबहादुरसँग निहुँ नखोजेको दिन नै हुँदैनभन्दा पनि हुन्छ। भुराभुरीको रहर मारेर पनि यही पेटको सेवा गर्दैमा ठीक्क छ धनबहादुरलाई। यो पेटको व्यथा निको पार्न ऊ कहाँकहाँ गएन। तर, कतै केही सीप लागेन।

मैले पाएको उपहार

जतिपटक यसको सामु उभिएर मैले आफ्नो खुशी मागें, स्तब्ध भएँ, यो त्यति नै पटक, निःशब्द भएको छ, हेर्दाहेर्दै मेरो आस्तिकता, बज्रिन्छ जमिनमा, फेरि सम्झिन्छु, आखिर यो त पत्थरको पो मूर्ति हो जसको सामु म आशा मात्र गर्न सक्छु, मेरो प्रेम, मेरो उपहार, एउटा पत्थरको मूर्ति ‘तिमी’।

एक्काइसौं शताब्दीकी छोरी

आजकल चोटहरूसँगै पत्थर भएकी छु म, होसियार हुनु,कुनै दिन तिम्रो पाइतलामा लाग्ने ठेस बन्न सक्छु, कारण म एक्काइसौं शताब्दीकी छोरी हुँ।

खल्तीको चेक

उसले भनेको थियो,‘गोपालजी,ल यो एउटा चेक लिनु है। यसमा मिति चुनावपछि पाँच दिनको राखेको छु। त्यतिबेलासम्म नतिजा पनि आइसक्ला। मैले जितें भने चेक साट्नुहोला, हैन भने म रद्ध गरिदिन्छु।’ खल्तीको पाँच लाखको चेक सम्झन्छ र जोखिम मोलेर सक्रिय हुन्छ ऊ।

मनाइयो आदिकवि भानुभक्त जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती थाहा पुस्तकालयको आयोजनामा सोही पुस्तकालयमा आदिकविप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा उनको योगदानको चर्चा गर्दै मनाइयो।

गुरु भेटी

‘रविन्द्र नियाँस्रो अनुहारमा गुरुका पाउभरि श्रद्वाका फूल अर्पण गर्छ।’ अनि गुरुको पाउमा झुक्छ। ‘धन्य, तिम्रो गुरु भेटीले आज म सार्थक भएँ!’ ‘गुरु रविन्द्रलाई अंकमाल गर्नुहुन्छ।’

गोधूलि भानु शिखर अभिनन्दन साहित्यकार प्रेम छोटालाई

गोधूलि साहित्य प्रतिष्ठानले साहित्यकार प्रेम छोटालाई ‘गोधूलि–भानु शिखर अभिनन्दन–२०७९’ प्रदान गरेको छ।

‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तकको लोकार्पण

राजधानीमा काठमाडौंमा एपेक नेपालले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तकको लोकार्पण गरेका हुन्।

भानुलाई श्रद्धाञ्जली

तिमी भन्थ्यौ बिउहरू अक्षर हुन् साना-ठुला उस्तै हुन्छन् यहाँ त सबै ठुला बनेर रमिता छ तिमीले देखेको भन्दा पनि धेरै रमिता कारिन्दार फेरिए तालुकदार फेरिए हाकिम फेरिए बस बेथिति फेरिएन घटेन थपिइरह्यो नातावाद,फरियावाद,भोलिवाद छँदैछ दुख उस्तै छ।

लघुकथाका कुशल 'शिल्पी' खेमराज पोखरेल

पोखरेलका लघुकथामा परिवेशको विविधता छ। उनले स्थानिक, कालिक र पारिस्थितिक ३ वटै परिवेश आफ्ना लघुकथामा प्रभावकारी समायोजन गरेका छन्। गाउँ र शहर दुवै परिवेशको प्रस्तुतिमा जीवन्तता छ।

मनको कलम

शक्तिविहीनहरूले शक्ति पाएको अनुभव गर्नेछन्। बिरानो भएर एक्लो जीवन बिताउनेहरूलाई साथी पाएको अनुभव गर्नेछन्।

साहित्यकार विप्लव ढकाल र रेखा सुवेदी सम्मानित

२०६१ सालमा स्थापना भएको डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले शनिबार एक कार्यक्रममा साहित्यकार डा.विप्लव ढकाललाई नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार र बेलबारीका साहित्यकार रेखा सुवेदीलाई नरेन्द्र चापागाईं स्मृति युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरेको हो।

चाकडी

घडीका प्रत्येक अंकहरू चाहन्छन् काँटाहरू आफ्नै वरपर घुमून्। राखेर जाऊन् हरेक पटक आफ्नै शिरमाथि हात,समय आफ्नै नाममा आओस्, र दिएर जाओस् आफ्नै नाममा उपहार।

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन

सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चयन भएका छन्। प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रूपमा चयन गरेको हो। संस्थाले तत्कालीन अध्यक्ष जीवित खड्का मगरलाई हटाई बाँकी कार्यकालका लागि अध्यक्षका रूपमा कवि उत्सवलाई सर्वसम्मतिले सो जिम्मेवारी सुम्पेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्