२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

मनाइयो आदिकवि भानुभक्त जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती थाहा पुस्तकालयको आयोजनामा सोही पुस्तकालयमा आदिकविप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा उनको योगदानको चर्चा गर्दै मनाइयो।

सो अवसरमा कार्यक्रमको अध्यक्षको आसनबाट पुस्तकालयका उपाध्यक्ष शिव अधिकारीले भानुभक्तका विभिन्न रचना वाचन गर्दै नेपाली भाषा–साहित्यमा उनको उल्लेख्य योगदान रहेको बताए।

साहित्यकार प्रमोद प्रधानले भानुभक्तकै कारण विभिन्न जातजाति र भाषाभाषीलाई एक सूत्रमा बाँध्ने काम नेपाली भाषाका माध्यमबाट हुन सकेको बताए। उनले भने, ‘वास्तवमा असार २९ गते भानुजयन्ती मात्र होइन, यो नेपाली भाषा दिवस पनि हो। यसलाई सोही रूपमा विश्वभरि मनाउनुपर्छ।’

साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले नेपालमा मात्र नभई विश्वभर नै भानु जयन्ती मनाइँदै गरेको प्रसंग उल्लेख गर्दै नेपालीमध्ये सबैभन्दा बढी प्रतिमा भानुभक्तकै रहेको बताए।

समाजसेवी तथा अधिवक्ता दीनदया रिजालले नेपाली भाषामाथि अहिले आक्रमण बढिरहेकोले सबै नेपाली सचेत हुनुपर्ने आवश्यकता औंल्याए।

कवि मुरारी सिग्देलले भानुभक्तलाई नेपालीहरूले कहिल्यै बिर्सन नसक्ने विश्वास राखे।

उक्त कार्यक्रममा शिव अधिकारी, राधेश्याम लेकाली, प्रमोद प्रधान, मुरारी सिग्देल, उषा केसी, कल्पना खरेल र विमुन्स पौडेलले आआफ्ना कविता सुनाएका थिए।

प्रकाशित: ३० असार २०७९ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App