२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

गुरु भेटी

लघुकथा

रोशन पराजुली

‘हतारहतार हस्ताक्षर संकलन गरेर रविन्द्र गुरु आश्रमभित्र प्रवेश गर्छ।’

गुरु उसलाई पर्खिरहनुभएको हुन्छ।

गुरुले महागुरुलाई गुरु दर्शनका निम्ति शिष्यहरूको हस्ताक्षर रविन्द्रसँग माग गर्नुभएको थियो।

आश्रमको गेटभित्र पस्न नपाई सर्वेन्द्रले उसको हातबाट फाइल थुत्छ।

भित्र अदृश्यबाट गुरु उनीहरूलाई नियालिरहनुहुन्छ।

सर्वेन्द्र हतारमा भित्र पसेर गुरुलाई फाइल हातमा राखेर मेरो गुरु भेटी भन्छ।

गुरु मुसुमुसु मुस्कुराउनुहुन्छ।

‘रविन्द्र नियाँस्रो अनुहारमा गुरुका पाउभरि श्रद्वाका फूल अर्पण गर्छ।’

अनि गुरुको पाउमा झुक्छ।

‘धन्य, तिम्रो गुरु भेटीले आज म सार्थक भएँ!’

‘गुरु रविन्द्रलाई अंकमाल गर्नुहुन्छ।’

प्रकाशित: ३० असार २०७९ ०६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App