२३ आश्विन २०८१ बुधबार
image/svg+xml

टिकौलीको ढाट हटाउन माग

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा राखिएको ढाट हटाउन माग गरिएको छ। रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघद्वारा चितवनको बरन्डाभार जैविक मार्गमा भरतपुरतर्फ राखिएको ढाट हटाउन माग गरिएको हो। बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतलाई ध्यानाकर्षण गराउँदैे ढाट हटाउन माग गरिएको चार बुँदे पत्र बुझाइएको छ।

पुरातत्व विभागलाई काठमाडौं महानगरले पठायाे पत्र

काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ। यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ। कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो।

वीरगन्जमा गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले बुधबार वीरगन्जमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए।

भण्डारढिक रंगशाला परिसरमा खुला व्यायामशाला बनाइने

पहिलो चरणमा भण्डारढिक रंगशालामा एक सेट जडान गर्ने योजना रहेको उनले सुनाए। ‘अर्कोसेट सामान कहाँ राख्ने यकिन गरिएको छैन।

विद्यार्थी तानातान

घोराही उपमहानगरपालिका–३ क्वाडी प्राविमा गत वर्ष ७० जना विद्यार्थी थिए। यस वर्ष विद्यालयले सो संख्या बढाउने रणनीति लियो। फलतः विद्यार्थी भर्ना अभियानअन्तर्गत शिक्षकहरू गाउँगाउँ पुगेर विद्यार्थी भर्नाका लागि अनुरोधसमेत गरे। तर विद्यार्थी संख्या बढ्न्ुको साटो झनै घट्यो। अहिले सो विद्यालयमा विद्यार्थी संख्या घटेर ५९ पुगेको छ। ‘विद्यार्थी संख्या बढाउन गाउँगाउँमा पुगेर अभिभावकहरूसँग अनुरोध पनि गर्‍यौं,’ प्रधानाध्यापक लक्ष्मीमान चौधरीले भने, ‘अभिभावकहरूले विद्यार्थी पठाइदिने आश्वासन पनि दिए, तर विद्यार्थी बढ्लान भनेको झनै घटे।’

गौतमबुद्ध विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाको अवरोध

विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा भुक्तानी रोकिएको छ भने ढुगा गिटी पनि पाएको छैन।

बेनुगोपाल मन्दिर पुननिंर्माणलाई महानगरको ५० लाख रूपैयाँ अनुदान

काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुनर्निर्माणका लागि ५० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

कलैयामा दलित छात्रावास र वृद्धाश्रम बन्दै

कलैया उपमहानगरपालिका–२ को दोहरीस्थित अमर माविमा दलित छात्रावास र लंग्डा मठनजिक वृद्धाश्रम बन्ने भएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने सो छात्रावास र वृद्धाश्रम प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादले शनिबार एक कार्यक्रमबिच शिलान्यास गरेका हुन्।

दोबिल्लामा पशु वधशाला निर्माण गरिने

पोखरामा अत्याधुनिक वधशाला निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराको दोबिल्लामा पशु वधशाला निर्माण गरिन लागेको हो।

ढुंगेसाँघु नजिकै झोलुंगे पुल

पोखरा महानगरपालिका–१७ महतगौंडाको ढुंगेसाँघु नजिकै झोलुंगे पुल निर्माण हुने भएको छ। करिब २७ लाख ५० रुपैयाँको लागतमा बन्ने पुल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे।

विराटनगर चक्रपथ अलपत्र

विराटनगर महानगरपालिका र आसपासका गाउँपालिकालाई समेटेर नयाँ सहर निर्माण गर्ने योजनाका साथ सुरू भएको चक्रपथसहितको जग्गा विकास (ल्याण्ड पुलिङ) आयोजना अलपत्र परेको छ।

सुनसरीमा १३०९.४ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण

२०२२ सालदेखि ०४५ सालसम्मका सप्तकोसी बाढीपीडितले वन क्षेत्रकै जग्गा ओगटेर घर बनाएर वन क्षेत्रकै जग्गा उपयोग गर्दै आएका छन्। पछिल्लो समय थुप्रै परिवारले वन क्षेत्रकै जग्गा ओगट्दै छन्।

सार्वजनिक गौचर जग्गा व्यक्तिको नाममा

कलैया उपमहानगरपालिका–१७ किरकिचहा खोलास्थित गौचर पर्ती जग्गा नम्बरी बनाउन भूमाफियाहरू सफल भएको सार्वजनिक भएको छ। साविक बन्जरिया–९ हाल कलैया उपमहानगरपालिका–१७ को कित्ता नम्बर १ को ५ बिगाहा ८ कट्ठा १० धुर क्षेत्रफल भएको तीन करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सार्वजनिक जग्गा भूमाफियाहरूले व्यक्तिको नाममा दर्ता गराउन सफल भएका हुन्।

फेवातालमा सिल्ट्रेसन चेक ड्याम निर्माण गरिने

फेवाताल संरक्षणका लागि चेक ड्याम निर्माण गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका मिलेर फेवाताल संरक्षणका लागि सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्