२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पेरुका पूर्वराष्ट्रपतिले गरे आत्महत्या

पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या गरेका छन्। भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका हुन् । बीबीसीका अनुसार पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको थिए।

बस अपहरण गरेर १४ यात्रुको हत्या

बलूचिस्तानको एक राजमार्गमा अज्ञात समूहले यात्रुबाहक बस नियन्त्रणमा लिएको छ। १५/२० जनाको समूहमा आएका बन्दुकधारीहरुले बसमा सवार १४ जना यात्रुको हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

छाेराछाेरीसहित आमाद्वारा सामूहिक आत्महत्या

चितवनमा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए।

अवैध शिशु जन्माएर युवतीले गरिन आत्महत्या

स्याङ्जामा एक युवतीले शिशु जन्माएपछि आत्महत्या गरेकी छन्। भिरकोट नगरपालिका–७ की २२ वर्षीया स्नेहा अधिकारीले अवैध रुपमा शिशु जन्माएपछि आत्महत्या गरेकी हुन्। स्थानीय गम्बर बहादुर अधिकारीले आफ्नो बारीमा मास पुगेकी स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

हत्याको अभियोगमा पुर्पक्षका लागि कारागार चलान

मृतक र अभियुक्तहरु फागुन १८ गते राति मादक पदार्थ सेवन गरी सामान्य कुरामा भनाभन र  झगडा भएको थियो। गुरुङलाई गत फागुन १९ गते बिहान पुतलीबजार–१४ सतौं जाने पक्की पुलमुनी घाइते अवस्थामा जिल्ला प्रहरीको टोलीले फेला परेको थियो।

पुरी हत्यामा संलग्न सबै पक्राउ

फागुन २६ गते  देवदहमा तरुण दलका नगर सदस्य २० वर्षीय अनि पुरीको हत्यामा संलग्न सबैलाई प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरीले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको हो। पुरीको सामूहिक कुटपिटबाट हत्या गरेको प्रहरीले बताएको छ।

फिरोज हत्याकाण्ड : भिनाजुसँगको प्रेमले श्रीमानको हत्या

चैत १४ गते साँझ बुटवल मैनाबगरमा फिरोज अन्सारी खान हत्याकाण्डमा आफ्नै श्रीमतीको संलग्नता रहेको खुलेको छ।

किम जोङ–नाम हत्या आरोपीलाई जेल

उत्तर कोरियाली शासक किम जोङ–उनको सौतेनी दाजु किम जोङ–नाम हत्याको आरोप लागेको एक भियतनामी महिलालाई तीन वर्ष चार महिना जेल सजाय तोकिएको छ।

चिताको आगोले तातियो दाइजोमा बहस

सुहाग’को (बिहेमा लगाउने) बनारसी सारी लगाएर आइतबार बिहान सुनितालाई माइतीघरको पिँढीमा सुताइएको छ। बेहुलीले ओढ्ने ‘बिहउती’ ओढाइएको छ। सिउँदोमा सिन्दुर र निधारमा बिन्दी टल्किरहेको छ।

हत्या आरोपमा चार पक्राउ

महिलाको हत्या गरेको आशंकामा रौतहटबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। रौतहटको गढीमाई नगरपालिका १ हरैयाकी महिलाको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

हत्या अभियोगमा दुई किशोर जेल चलान

बालिकालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँका २ किशोरलाई जेल चलान गरिएको छ।

डिएसपी जिसी पनि धरौटीमा रिहा

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी नौ लाख धरौटी बुझाएर रिहा भएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यााजेन्द्रकुमार आचार्यको इजलासले बुधबार प्रमाण नष्ट गरेको मुद्दामा चार लाख र यातना दिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको हो।

निर्मला हत्या प्रकरण : सिआइबी डिएसपी जिसी हिरासतमा

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी सोमबार स्वयं कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतमा उपस्थित जिसीलाई कञ्चनपुर प्रहरी कार्यालयले हिरासतमा राखेको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएका छन्। ‘अदालतले पठाएकाले जिसीलाई हिरासतमा राखेका छौं,’ उनले भने।

एसईई छाडेर आत्महत्या

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन्। गुंगा माध्यमिक विद्यालयबाट एसईई परीक्षाको तयारी गरेकी बगनासकाली गाउँपालिका–६, यम्घा गुँगा भुटेकेकी अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन्।

तीन हजारको लागि हत्या

चैत २ गते गोदावरी नगरपालिका ४ राजमार्गबाट खैरानी जाने सडक खण्डमा टाउकोमा चोट लागेको अवस्थामा एक अधबैसें पुरुषको शव फेला पर्यो। दुर्घटनामा परेको हो वा हत्या एकिन गर्न नमिल्ने त्यो शव बैतडी दशरथ चन्द नगरपालिका वानं २ का ४५ बर्षीय हर्क बहादुर भण्डारी थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्