२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बस अपहरण गरेर १४ यात्रुको हत्या

पाकिस्तान - बलूचिस्तानको एक राजमार्गमा अज्ञात समूहले यात्रुबाहक बस नियन्त्रणमा लिएको छ। १५/२० जनाको समूहमा आएका बन्दुकधारीहरुले बसमा सवार १४ जना यात्रुको हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

समाचारमा जनाइए अनुसार बन्दुकधमरीले सेनाको जस्तै बर्दी लगाएका थिए। मकरान कोस्टल हाईवेमा कराची र ग्वादरको बीचमा चल्ने बसलाई उनीहरुले रोकेका थिए। बन्दुकधारीले बसबाट झारेका १६ माध्ये १४ जनाको हत्या गरेका हुन्। उनीहरुले नियन्त्रणमा लिएका यात्रुको परिचय पत्र जाँच गरेका थिए। जसमा २ जना भाग्न सफल भए भने १४ जनाको हत्या गरे। हत्या कुन समूहले किन गरेको भन्ने केही खुलेको छैन।

प्रकाशित: ५ वैशाख २०७६ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App