२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

महेन्द्र राजमार्गअन्तर्गत मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरीका एकजना जवानको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतवार साँझ ६ः४५ बजेतिर कार र मोटरसाइकल ठोकिएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भइ हाल अस्थायी प्रहरी चौकी नडाहा, सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको डिएसपी जोशीले बताए। दुर्घटनामा गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। प्रहरी जवान राई मोटरसाइकल चालक हुन्।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। दुर्घटना लगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ आश्विन २०८१ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App