२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आमाले गरिन् दुई महिने छोरीको हत्या

जिल्लाको गुल्मी दरवार गाउँपालिका ४ की ३६ बर्षीया जमुना विकले दुई महिनाकी छोरीको हत्या गरेकी छन् । आरोपित विकले दुई महिनाकी छोरी बिस्नु बिकलाई बिहिबार साँझ करिव ७ बजे हत्या गरेको वडाध्यक्ष खुम बहादुर पल्लीले बताए ।

किशोरीको बीभत्स हत्या, महिलामाथि सामूहिक बलात्कार

जिल्लामा पछिल्ला दिनमा भएका दुई दर्दनाक घटनाले सबैलाई चिन्तित तुल्याएको छ। शान्तिसुरक्षाप्रति केन्द्रीय तथा प्रदेश सरकारले प्रतिबद्धता जनाइरहे पनि जघन्य प्रकृतिका अपराध बढ्ने क्रम रोकिएको छैन। जिल्लामा एक १५ किशोरीको घाँटी रेटेर हत्या गरिएको छ भने ५८ वर्षीय एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन्। हिलिहाङ गाउँपालिका–४ पञ्चमीको कात्तिकेमा किशोरीलाई घरनजिकै घाँटी रेटी हत्या गरिएको हो। फिदिम नगरपालिकामा ५८ वर्षीय महिलामाथि बिहे भइरहेको ठाउँबाटै जबर्जस्ती उठाएर लगी सामूहिक बलात्कार गरिएको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ।

पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ २९ गते (आइतबार) छिपहरमाई गाउँपालिका ३ का रमेश मुखिया बिनकी श्रीमती २२ वर्षीया बिन्दी देवी मुखिया घरभित्र र सोमबार (आज) छिपहरमाई गाउँपालिका २ का विलास महतोकी श्रीमती २० वर्षीया सन्तोषी महतो अम्बाको रुखमा झुण्डिएको मृत फेला परेका हुन्।

किशोरीको घाटी रेटी हत्या, एक जना पक्राउ

पाँचथरको हिलिहाङ गाँउपालिका–४ पञ्चमीको कात्तिके भन्ने स्थानमा घाटी रेटेर एक किशोरीको हत्या भएको छ।घरदेखि केही दुरीमा १५ बर्षीय शितल योङहाङको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक (इक्स्पेक्टर) अनील पौडेलले बताए। उनका अनुसार हत्यामा संलग्न भएको आरोपमा भगिरथ बास्तोलालाई प्रहरीले पक्राउगरेको छ।

हत्या गरेर फरार अभियुक्त नौ वर्षपछि पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार व्यक्तिलाई नौ वर्षपछि पक्राउ गरेको छ।

हिरासतमा आत्महत्याको सत्यतथ्य बुझ्न छानबिन समिति

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासतमा रहेका आरोपितले आत्महत्या प्रयास गरेको घटनामा सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको छ। पीडित, प्रहरी र सरोकारवालासँग छलफल गरेर पाँच बुँदे सहमति भएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए। जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको संयोजकत्वमा १२ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

आफ्नै छोरीलाई जिउँदै जलाउने आमाबुवा पक्राउ

व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी बस्ने एक दम्पतीले आफ्नै छोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका छन्।

श्रीमती जलाउने मुकेश भाउजूसहित पक्राउ

भाउजूसँग शारीरिक सम्बन्ध कायम राख्न दश महिनाअघि मात्र बिहे गरेकी श्रीमतीलाई जलाउने धनुषा सहिदनगरका मुकेश गोइतलाई प्रहरीले तीन सातापछि पक्राउ गरेको छ।

हत्यारा लुकाउन खाेजिएकाे भन्दै प्रहरी कार्यालय घेराउ

हत्या आरोपीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बुटवलमा स्थानीय महिलाले प्रहरी कार्यालय घेराउ गरेका छन्। गत २० गते बुटवल उपमहानगरपालिका १४ विनयपुरमा २५ वर्षीया लक्ष्मी खत्रीको रहस्मय रुपमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो।

आत्महत्यामा पुरुष बढी किन मर्छन्?

धेरैले आत्महत्या भन्नेबित्तिकै विरलै घट्ने घटना भन्ने सोच्छन् तर त्यस्तो बिल्कुलै होइन। विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार २०१६ मा आत्महत्याबाट मर्नेहरुको संख्या ७ लाख ९३ हजार थियो र यसमा अधिकांश पुरुष थिए।

भेटिएन बालक हत्याको प्रमाण

मिथिला नगरपालिका–६ का शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको हत्याबारे प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन। सोमबार साँझ आफ्नै घरबाट बेपत्ता भएका दूधे बालक साहको हत्यारा पत्ता लगाउन प्रहरी लागिपरे पनि कुनै प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) रामेश्वर कार्कीले बताए।

परिवारसँगको रिसइबी साध्न आर्यनको हत्या भएको आशंका

धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरमा अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ। शम्भु साहका छोरा आर्यन मंगलबार बिहान गर्धन रेटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी सोमबार साँझपख घरबाट हराएका थिए।

सरिताको हत्यामा परिवारकै संलग्नता

सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृतक अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए।

अढाई वर्षीय बालकको निर्मम हत्या

धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन। उनै बेपत्ता आर्यनको शव आज मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्