२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला

सांकेतिक तस्बिर

वीरगञ्ज– पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला परेको छ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ २९ गते (आइतबार) छिपहरमाई गाउँपालिका ३ का रमेश मुखिया बिनकी श्रीमती २२ वर्षीया बिन्दी देवी मुखिया घरभित्र र सोमबार (आज) छिपहरमाई गाउँपालिका २ का विलास महतोकी श्रीमती २० वर्षीया सन्तोषी महतो अम्बाको रुखमा झुण्डिएको मृत फेला परेका हुन्। 

बिन्दीदेबी आइतबार दिउँसो १ः३० बजे घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। ईप्रका पोखरीयाको प्रहरी टोलीले शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाएको थियो। 

यस्तै, सन्तोषी महतो विहान ५ः३० बजे घर पछाडिको अम्बाको रुखमा रातो सुतिको साडीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन। ईप्रका पोखरीयाकै टोलीले उनको शवलाई पनि पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाएको छ।

दुबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०७६ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App