१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भेटिएन बालक हत्याको प्रमाण

धनुषा - मिथिला नगरपालिका–६ का शम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको हत्याबारे प्रहरीले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन। सोमबार साँझ आफ्नै घरबाट बेपत्ता भएका दूधे बालक साहको हत्यारा पत्ता लगाउन प्रहरी लागिपरे पनि कुनै प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (प्रनाउ) रामेश्वर कार्कीले बताए।

‘हत्याबारे विभिन्न अनुसन्धान तथा सोधपुछ कार्यलाई निरन्तरता दिइएको छ। तर कुनै प्रमाण फेला परेको छैन,’ प्रनाउ कार्कीले भने, ‘सोधपुछको क्रममा केही व्यक्तिमाथि शंका देखिएकाले थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखी उनीहरूमाथि अनुसन्धान भइरहेको छ।’ हत्यारा पत्ता लगाउन प्रहरीले हेटौंडाबाट तालिमप्राप्त ट्रेकर डगसहितको प्रहरी टोली मगाएको थियो। तर उक्त तालिमप्राप्त कुकुरले पनि कुनै प्रमाण फेला पार्न नसकेपछि पीडित पक्ष निराश भएको एक स्थानीयले बताए। स्थानीय राजकुमार मण्डलका अनुसार हेटौंडाबाट ल्याइएको सो कुकुरले घटनास्थलबाट चोकसम्म दुई पटक ओहोरदोहोर ग¥यो। तर कुनै प्रमाण फेला पारेको छैन।

घटनाको विषयमा संघीय प्रहरी, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी ढल्केवर र हेटौंडाबाट आएको तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको छ। हत्याको शंकाका आधारमा प्रहरीले तीनजना मृत बालकका छिमेकीलाई मंगलबार बिहानदेखि नै सोधपुछका लागि थुनामा राखेको छ। उनीहरूले दिएको बयानको अधारमा शंकास्पद देखिएपछि थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ।

प्रकाशित: २६ वैशाख २०७६ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App