२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कलम भर्सेस कुर्सी

भ्रष्टाचार, कालोबजारी, बलात्कार, तस्करी हरेक अभियोगमा मुछिएका र हरेकपल्ट उनले नंग्याएका नेताज्यू पो रहेछन्। दुवैका आँखा चार भए। मन्दमन्द मुस्कुराइरहेका नेताज्यूका कुटिल आँखाहरूले उनलाई जिस्क्याएझैं लाग्यो, ‘देख्यौ पत्रकार बाबु, तिम्रो कलमभन्दा मेरो कुर्सी कति धेरै शक्तिशाली छ?’

कुण्ठा

उनको घरबाट अपुग फल र फूल टिपेर ल्याएँ। पछि बा घर आए। ‘फलफूल कसले चोरेछ’ भनेर मसँग गुनासो गरे। ‘मैले पूजालाई टिपेको बा’ भनें। बाको अनुहारमा एकाएक क्रूरता देखियो। रातोरातो अनुहार बनाएर उनी कडकिए, ‘कम्तीमा सोध्नु त पर्थ्यो नि!’

मनोवृत्ति

मलामी जाँदा घाटमा नुहाएर चोखिन खोज्यो। पानी फोहोर देखेर नुहाउन सकेन। ‘दूषित नदी’ भन्दै घर आई चोखियो। त्यतिबेला उसको घरको शौचालयको पाइप सोझै ढलमा जोड्ने काम भइरहेको थियो र ढल खोलासम्म पुर्‍याइएको थियो।

विरोध जुलुस

विरोध जुलुसमा सहभागी उसको टोलबासीले देख्ने गरी केहीबेर फर्फरायो। नभन्दै टोलका एकजना ठिटाले उसलाई देख्यो र सोध्यो, ‘ए शिवशंकर अंकल पनि पो आउनुभएछ।राम्रो गर्नुभयो। अब यो विरोध जुलुस केहीबेरमै सासंद भवनतिर बढछ।’

छिमेकी नजरमा,सुस्ता,लिपु र लिम्पिया छ

छिमेकी नजरमा सुस्ता,लिपु र लिम्पिया छ, यता मेरो नेताको दिमागमा,उस्तै खिया छ। सुम्पिदैछ सार्वभौमसत्ता,एमसिसि भित्र्याई,अचम्म लाग्छ यस्तो बुद्धि,खै कसले दिया छ?

एकता

हामी त्यहाँबाट हिंड्यौं। देउरानीहरूलाई कोही नभएको अवसर पारेर सोधें, ‘यत्रो खर्च गरेर बनाएको कपाल तिमीहरूले पनि छोपेछौ त। तिमीहरूलाई के भयो आज?’

दिव्य माया भराऊ

नयननयन बोल्छन् प्यारका भेद खोली, तनमन पनि लाग्छन् मातिए आजभोलि। लहलह हरियाली छन् सुनौला बिहानी,किनकिन अति प्यारो लाग्छ यो जिन्दगानी।

म र तिमी

तिमी र म म र तिमी जब सँगै हुनेछौं पग्लिएर मायाको हिउँ बग्ने छ नदी बनी अनि हामीले अनन्त ऐश्वर्यको सागर भेट्ने छौं जहाँ आत्मीयताका असंख्य मोतीहरू हाम्रो स्वागतार्थ उभिएका हुनेछन्।

भत्किन दिन्न बाँचुञ्जेलसम्म प्रेमको मन्दिर

देख्न पाऊँ खुसी यो जुनीभरि छ मेरो पुकार, छन् छोराछोरी, खुसी नै देख्छु त्यो तिम्रो मुहार। नभए पनि दायाँ र बायाँ छ मनमा तस्बिर, भत्किन दिन्न बाँचुञ्जेलसम्म प्रेमको मन्दिर।

प्रणय कविता वाचन

साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले सयुक्त रूपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो।

चिया र दारू

हरि र भूपाल हेरहेर गर्न थाले। राकेशले मुख नै फोरेर भन्यो, ‘सबै कुरामा ठिक छ तर यो गोफ्लेको सानैदेखिको कन्जुस्याइँ कहिल्यै गएन है। जागिरे भएपछि पनि उस्तै छ गधा।’

मैले पनि आज माया गरे नि!

षडानन्दको बिहानै आँखा खुल्यो। आज त माया गरेको देखाउने दिन। रातभरि श्रीमतीको आलिंगनमा बाँधिएको भए पनि दुनियाँलाई भाँतीभाँती देखाउनुपर्ने दिन।

‘डियर एक्स’ सार्वजनिक

कथाकार कौशिक नवराजको कथा संग्रह ‘डियर एक्स’ सार्वजनिक भएको छ। लेखन कुञ्जमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको लोकार्पण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्