६ आश्विन २०८१ आइतबार
image/svg+xml

पुनर्निर्माणमा चिनियाँ सहयोग, केमा कति ?

२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको वसन्तपुरको नौतले दरबार चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा पुननिर्माण भइरहेको छ।

प्रस्तावित रंगशालाको २२ विगाह जमिन गौचरणमा परिणत

टीकापुर नगर खेलकुद विकास समितिका नाममा रहेको २२ विगाह जमिन सदुपयोग हुन नसक्दा गौचरण बनेको छ।

२० करोड बढी लगानीमा दुई रंगशाला बन्दै

सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन्। यहाँको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन्। कमलामाई नगरपालिका– ५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन्। निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए।

रंगशाला बनाउने खाल्डोमा डुबेर बालकको मृत्यु

रंगशाला बनाउन खनिएको खाल्डोमा डुबेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा १ बालकको ज्यान गएको छ।

भक्तपुरमा रंगशाला निर्माणबारे जुहारी

भक्तपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला निर्माणबारे दुई पक्षबीच जुहारी चल्दै आएकोे छ। रंगशाला निर्माणको स्वागत र विरोधमा दुई पक्षबीच महिनौंदेखि जुहारी चल्दै आएको हो।

महेश बस्नेतले संसदमा झुटो बोलेको भन्दै भक्तपुरमा प्रदर्शन, विवादको चुरो के हो?

रंगशाला पीडित संघर्ष समितिका संयोजक हरिकृष्ण दनेगुुलूले साँंसद बस्नेतले संसदमा रंगशाला बनाउन कसैको विरोध छैन भनेर झुटो बोलेकाले विरोध प्रदर्शन गरेको बताए। किसानसँंग सहमति नलिई जवरजस्त रंगशाला निर्माण गर्न नदिने उनको भनाई छ।

ह्यान्डबलका खेलाडीलाई जर्सीसमेत छैन

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलभित्र यति बेला ह्यान्डबल प्रशिक्षण चलिरहेको छ। खेलाडीहरूले नियमित रूपमा बिहान र साँझ दुई समय प्रशिक्षण लिइरहेका छन्। तर खेलाडीहरू प्रशिक्षण जर्सीबिना नै सिकिरहेका छन्।

चौतारामा मिनी रंगशाला

जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको छ। ३ नं. प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे।

गौरवको योजना अन्तर्गत चौतारामा मिनी रंगशाला

जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको छ। ३ नं. प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माण थालिएको रंगशालाको सोमबार समाजिक विकासमन्त्री युवराज दुलालले शिलान्यास गरे।

फुटबल प्रशिक्षण मैदानको स्तरोन्नति

‘एक करोडसम्मलाई टेन्डर आह्वान गर्नुपर्छ। टेन्डर गर्दा ढिला हुन्छ। त्यसैले दुई किस्तामा रकम उपलब्ध गराएर ग्राउन्डसहित चेन्जिङ रुम बनाउँछौं। ’

पौवादुम्मामा मीरा राई अन्तर्राष्ट्रिय रंगशाला

पौवादुम्मा गाउँपालिका भोजपुरले अल्ट्राधावक मीरा राईको सम्मान गर्दै अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भएको छ। निकै महत्त्वकांक्षी परियोजनाको रुपमा गाउँपालिकाले रंगशालाको काम थालेको हो।

सुरक्षाका लागि रंगशालामा सिसी क्यामेरा

पोखरामा १३औं सागका केही खेल सञ्चालन गर्ने निर्णय गरिएपछि रंगशालाभित्र खेलाइने र बाहिर खेलाइने खेलका लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ। पोखरा रंगशालाभित्र निर्माणाधीन फुटबल मैदानमा महिला फुटबल, आर्चरी मैदानमा महिला तथा पुरुष आर्चरी प्रतियोगिता सञ्चालन गरिनेछ। ती खेल सञ्चालनार्थ विशिष्ट व्यक्ति र खेलाडी स्कर्टिङको सवारी पार्किङमा चुनौती छ।

सुरक्षाका लागि रंगशालामा सिसी क्यामेरा

पोखरामा १३औं सागका केही खेल सञ्चालन गर्ने निर्णय गरिएपछि रंगशालाभित्र खेलाइने र बाहिर खेलाइने खेलका लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ। पोखरा रंगशालाभित्र निर्माणाधीन फुटबल मैदानमा महिला फुटबल, आर्चरी मैदानमा महिला तथा पुरुष आर्चरी प्रतियोगिता सञ्चालन गरिनेछ। ती खेल सञ्चालनार्थ विशिष्ट व्यक्ति र खेलाडी स्कर्टिङको सवारी पार्किङमा चुनौती छ।

आर्थिक अभावले हल निर्माण ठप्प

दुई वर्षअघि पोखरा रंगशाला परिसरमा ब्याडमिन्टन हल निर्माण सुरु गरिएको थियो। चारवटा कोर्टयुक्त हल निर्माणले अझै पूर्णता पाइसकेको छैन्। हलको पूर्णताकै अभावले कास्की जिल्ला व्याडमिन्टन संघले आफनो उद्देश्य पूरा गर्न सकेको छैन। राष्ट्रिय खेलकुद परिषद् र कास्की जिल्ला ब्याडमिन्टन संघको संयुक्त लगानीमा हल निर्माण सुरु गरिएको हो। आर्थिक अभावले नै हललाई पूर्णता दिन सकिएको छैन। संघका अनुसार परिषद्ले बजेट विनियोजन नगर्दा हलको कामलाई टुग्ंयाउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्