६ आश्विन २०८१ आइतबार
image/svg+xml

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोले एकको मृत्यु, पाँच जना सम्पर्कविहीन

अविरल बर्षाका कारण जिल्लाको फालेलुङ गाँउपालिकाको दुई ठाँउमा पहिरो जाँदा एकको मृत्यु भएको छ। नेपाली सेनाको भैरवी दल गणका गणपति कर्णेल शिवराज पन्तका अनुसार एकतिन र मेमेङमा पहिरो जाँदा पाँच जना सम्पर्कविहीन भएका छन्।

इलाममा पहिरोले पुर्‍यो विद्यालय भवन

चुलाचुली गाउँपालिका वडा–१ स्थित सागर आधारभूत विद्यालयको भवन पहिरोले पुरेको छ । स्थानीय कमल खोलाले जमिन कटान गरेर पहिरो जाँदा विद्यालय भवन पुरिएको हो ।

पहिरोले १३ घरको उठिबास

खहरे खोलामा आएको भीषण बाढिले कास्कीको माछापुच्छे गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा ब्यापक क्षति पुर्याएको छ । खहरेले गाउँका १३ वटा घरलाई पुर्ण रुपमा क्षति पुर्याएको छ भने अन्य ६ घर जोखिममा परेका छन् । स्थानीय देवीलाल लामिछानेका अनुसार मंगलबार राती गाउँका घरमा खहरेको बाढी पसेको थियो । ‘लामो समयदेखि पानी परिरहेको थियो । राती गाउँका सबैजना सुत्ने तरखर गरिरहँदा एक्कासी माथिबाट गडगडाउँदै बाढी आयो,’ उनले भने, ‘संयोगले जोगिन सकियो । मानवीय क्षति हुनबाट जोगिएपनि घरगोठ बगाउको छ ।’ मंगलबार राती करिब १० बजेतिर खहरेमा एक्कासी बाढी आएर घर पुरेको उनले बताए ।

सुतिरहेका चार जना पहिरोले पुर्यो

अविरल वर्षासँगै गएको पहिरोले रसुवाको उत्तरगया गाउँपालिका–४, पैरेबेसी गाउँका चार जनालाई पुरेको छ। गएराति १०ः२० बजे गएको पहिरोले धर्म थापा मगरको घर पुर्दा सुतिरहेका चार जना परेका हुन्।

बागलुङमा पहिरोले पुरिएर तीन जनाको मृत्यु, चार जना बेपत्ता

जिल्लाको पश्चिममा बाढी पहिरोको कारण तीन जनाले ज्यान गएको छ। चार जना बेपत्ता भएका छन्। निरन्तर वर्षाका कारण बाढी पहिरो जाँदा ढोरपाटन नगरपालिका-५ मा एक जना र निशीखोला गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

पहिरोले उपल्लोचिप्ला गाउँ बगाउने खतरा

लगातारको वर्षाका कारण जिल्लाको उत्तरीभेगको उपल्लोचिप्ला गाउँ नजिकैको पुरानो पहिरो बढ्दै जाँदा सिंगो गाउँनै बगाउने खतरा उत्पन्न भएको छ ।

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्न केही दिन लाग्ने (अपडेट)

मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको रिघा—७ मनेवामा पहाड खस्दा अवरुद्ध भएको सडक सुचारु गर्न केही दिन लाग्ने भएको छ। पहिरोका कारण बाग्लुङ बुर्तिबाङ यातायात सम्पर्क विच्छेद भएको छ।

पहिरोले ‘काल’ बन्दै मध्यपहाडी लोकमार्ग

बर्खायाममा झरेको पहिरो नपन्छाउँदा मध्यपहाडी लोकमार्ग जोखिमपूर्ण बन्दै गएको छ। जताततै खसेको पहिरो सफा नगर्दा सडक साँघुरो भएपछि मध्यपहाडी लोकमार्ग नै काल बन्दै गएको स्थानीयको बुझाइ छ। भुवनेश्वरीको मुर्किबेशी, वितिजोरको सुलिभन्ज्याङलगायतको स्थानमा सडक निर्माण गर्नकालागि जिम्मेवारी लिएको वर्षौं बित्दासमेत ठेकेदारले काम सम्पन्न गरेका छैन्।

पहिरोले सडक पुरिदा यातायात अवरुद्ध

बसन्तपुर म्याङलुङ सडक खण्ड अन्तर्गत पिगुवाखोला नजिकै झरेको पहिरोले ५ घण्टा देखि सडक अबरुद्ध भएको छ। अलैची बगानमा लगाएको पानीले पहिरो जाँदा करिब २५ मिटर सडक अबरुद्ध भएको हो।

पहिरोले टहरो पुर्दा तीनको मृत्यु

भारी बर्षापछि आएको पहिरोले टहरो परिँदा राम्चे–७ पूरानागाउँमा एकै परिवारका तीनको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार बिहान साढे दुई बजेतिर गाउँमाथिको राम्चे भिर खसेर टहरो पुर्दा ३५ वर्षीय रामकुमार तिमिल्सिना, उद्धव तिमिल्सिना र सम्झना तिमिल्सिनाको मृत्यु भएको हो । पहिरो पन्छाएर प्रहरीले उनीहरुको शब फेला पारेको थियो ।

पहिरोले पुरेर एकको मृत्यु, अर्का घाइते

पहिरोले पुरेर धनकुटाको पाख्रिबासमा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रातिदेखि लगातार वर्षा भएका कारण बुधबार बिहान घरमाथि झरेको पहिरोले पाख्रिबास नगरपालिका ८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको घटना स्थलमा नै मृत्यु भएको हो।

पहिरोले आठ घर विस्थापित

पाँचथर- निरन्तरको बर्षापछि गएको पहिरोका कारण लुङरुपा गाविसमा आठ घरका वासिन्दा विस्थापित भएका छन्। लुङरुपा– २ को छेउटार भन्ने ठाँउमा खेला कटान भई आहेको पहिरोले जोखिम बनाएपछि यतिको संख्यामा विस्थापित भएका हुन्।

पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा-बागलुङ सडक अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका-११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्