५ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिरोले साँफे मार्तडी सडक अवरुद्ध, ग्रामिण सडक समेत प्रभावित

लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध भएको छ।

पहिरोले इन्टेक र पाइप बगाउँदा गाउँ अन्धकार

जिल्लाको उत्तरी याङवरक गाँउपालिका–२को फलैचामा रहेको मेजर चिङ्मा शिवा खोला लद्यु जलविद्युत परियोजनाको इन्टेक र पाइप लाइन पहिरोले बगाएको छ। खोलामा आएको पहिरो तथा बाढीले इन्टेक तथा पाइप बगाएर लगेपछि विद्युत उत्पादन बन्द भएको हो। बुधबार रातीको समयमा परियोजनाको संरचना बगाएको हो।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

गएराति वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकोछ। कालिकोटको दहिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध बन्न पुगेको हो।

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पहिरोले बुटल–पाल्पा सडक–खण्ड अवरुद्ध

शुक्रबार बिहानदेखि सिद्धार्थ राजनमार्गको बुटवल–पाल्पा सडक–खण्डको सिद्धबाबा नजिकै पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। गएराति परेको पानीले सो सडकको हेडबस्क भन्ने स्थानमा ठुला ढुङ्गो सहित पहिरो झरेको छ। पहिरोका कारण बिहान ४ बजेदेखि बाटो अवरुद्ध छ।

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ।  २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो।

शाखा सडकको पहिरोले राजमार्ग अवरुद्ध

केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ ।  सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो। गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए।

जापानमा पहिरोले पुरिएर छ बेपत्ता

दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन्।

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन।

पहिरोले पुरिएर १५ भेडासहित एकको मृत्यु

हिमाली गाउँपालिका–६ स्थित राँगे भिरमा पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ भने १५ वटा भेडा पुरिएर मरेका छन् । मृत्यु हुनेमा हुम्ला श्रीनगरका ३५ वर्षका तुलबहादुर बुढा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्