५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

रामपुर – पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन। 

आज बिहान करिब ९ः३० बजेको समयमा गुडिरहेको गाडीमाथि एक्कासि पहिरो खस्दा दुर्घटना भएको हो। 

पाल्पाबाट बुटवल जाँदै गरेको ना३ख ६१९१ नंको ट्रक र लु१च ७९९४ नंको कार पहिरोमा पुरिएको छ। अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । पहिरोमा के कति मानिस पुरिए भन्ने पूरा विवरण नआएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। अवरुद्ध बाटो खुलेको केही समयलगत्तै घटना भएको हो। 

प्रकाशित: ७ आश्विन २०७४ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App