७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोले साँफे मार्तडी सडक अवरुद्ध, ग्रामिण सडक समेत प्रभावित

मार्तडीको सेलाघाटमा गएको पहिरो। तस्बिर : नागरिक

बाजुरा – लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध भएको छ। गुइगाडी खोलादेखि मार्तडीसम्म आधा दर्जनस्थानमा गएको पहिरोका कारण सडक बिहानदेखि नै अवरुद्ध बनेको हो।

पिएस कन्ट्रक्सन प्रालिले यस वर्ष मात्र कालोपत्रे सम्पन्न गरेको उक्त सडकमा आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेकाे छ। सडकमा कतिपय ठाउँमा माथिबाट पहिरो खसेको छ भने कति ठाउँमा सडकनै भासिएको छ।

सडक अवरुद्ध भएपछि जिल्ला भित्रिने र जिल्लबाट बाहिरिने सवारी साधन बिच बाटोमै अलपत्र परेकाे प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए। उनले सडक अवरुद्ध हुँदा यात्रुहरु बिच बाटोमै अलपत्र परेको बताए। २७ किलोमिटर सडक पूर्णरुपमा अबरुद्ध बनेको प्रहरीले जनाएको छ। उक्त सडक वर्षाद सुरु हुनासाथ अवरुद्ध हुने गरेकोछ।

यस्तै गुइगाड खोलामा पक्की पुल बनाउने कार्य थालेको ८ वर्ष वित्दा समेत पुल नबन्दा पानी पर्दा सवारी आवागमनमा समस्या हुने गरेको छ। गुइगाडसँगै मार्तडी डिल, ताली, सेलाघाट, बल्दे लगायतका स्थानमा गएको पहिरोले सडक अवरुद्ध बनेको छ। पानी नरोकिएकोले सडक मर्मतमा समस्या भएको प्रहरीले जनाएको छ।

यता ग्रामिण सडक पनि पूर्णरुपमा बन्द भएका छन्। मार्तडी कोल्टी सडक अवरुद्ध हुँदा कोल्टी क्षेत्रका चार वटा स्थानीय तहको आवत जावत रोकिएको छ। मार्तडी घटमुना सडक पनि वाउली खोलामा अाएकाे खहरेका कारणा अवरुद्ध बन्न पुगेकाे छ।

प्रकाशित: १८ असार २०७५ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App