५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले डोजर पुरिँदा सहचालकको ज्यान गयो

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ।

गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेका बेला माथिबाट खसेको पहिरोले डोजरसहित सहचालक पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

गाउँपालिका–१ पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा बिहीबार दिउँसो एक्कासि माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको ज्यान गएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए।

डोजर चालक ओखलढुङ्गाका कमल भुजेल खाजा खान गएको समयमा सहचालक गौतमले डोजरमा ग्रिज लगाउने क्रममा पहिरो आउँदा डोजरसहित पुरिएको बताइएको छ। गाउँपालिकाको लिखोला खोल्सीबाट बुङ बजारसम्म सडक खन्न प्रयोग गरिएको बा२क ८०१७ नंको बोबेल कम्पन्नीको डोजर रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अर्को डोजरको प्रयोग गरी उद्धार गरिएको बताइएको छ। रासस

प्रकाशित: १८ जेष्ठ २०७५ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App