रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, रथयात्राको तयारी
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्।
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्।
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा-आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादशैंलाई बिदा गरेका छन्।
पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पुर्याउन थालेपछि उनीहरु चिन्तित भएका हुन्।
बारीमा लगाएको मकै बाली बचाउनको लागि रातभर जाग्राम बस्ने गरेका हुन्। जिल्लाको तिला गाउँपालिकाका किसान भालु भगाउनको लागि अनेकन उपाय अपनाउने गरेको बताउँछन्।
लमही नगरपालिका–७ हस्नापुरका मन्सराम चौधरी मंगलबार बिहान १० बजे १८ वटा भैंसी चराउन राप्ती नदीको टापुमा पुगे। उनी राप्तीमा बढिरहेको भेल देखेर डराएका त थिए तर फर्किन चाहेनन्। राप्ती नदी उक्त घाँसे टापुलाई बीचमा पारेर दुईतिरबाट बग्छ।
जिल्लाका विभिन्न स्थानका किसान जङ्गली जनावर बँदेल धपाउन रातभर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको अन्नबालीमा जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि किसान रातभरि जाग्राम बस्न बाध्य भएका हुन् ।
गाउँमा बाढी पस्ने डरले रौतहटको बडहर्वास्थित बागमती नदीको किनारमा रहेको गाउँमा स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन्।
मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्।
अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखिममा परेको छ।
केही दिनयता निरन्तर वर्षाले विभिन्न ठाउँमा बाढी र डुबान जोखिम बढेको छ। पहाडी क्षेत्रका बासिन्दा पहिरोको त्रासमा अनिदो छन्। बैतडी, डडेलधुरालगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। नेपालगन्ज, कोहलपुर, नवलपरासीजस्ता तराई क्षेत्रमा भने डुबान समस्या देखिएको छ।
परशुराम नगरपालिका–६ कुडाका हर्कबहादुर धामी राति नसुतेको झण्डै एकसाता बितिसकेको छ। एक सातादेखि उनी हरेक राति आफ्नै गाउँ बग्ने डरले ब्युझै रहन्छन्। बिहानको मिर्मिरेमा उनी सुत्छन्। जब महिला र बालबालिका जाग्छन् उनी उनको सुत्ने पालो आउँछ।