जंगली च्याउ खाँदा एकको मृत्यु, १० बिरामी
निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ।
निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ।
थुलुङ दूधकोसी गाउँपालिकाले गरेको शिक्षक सरुवा आगामी असार ३ गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शिक्षक सरुवाविरुद्ध अदालतमा परेको रिटको आधारमा शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
जिल्लाको दक्षिणी मिक्लाजुङ गाउँपालिका–६ को कन्याटानीय शुक्रबार बिहानको चिसोमा चियाको चुस्की लिँदै बाटो कालोपत्रे भएपछि यो ठाउँ स्वर्ग बन्ने धारण सुनाउँदै थिए। राँके–भेडेटार सडकखण्डमा पर्ने सो सानो ग्रामीण बजारमा बासिन्दाले यो क्षेत्रका विकास अनेकन अपेक्षा र सम्भावनाहरू रहेको सुनाए।
बलात्कार आरोपमा पक्राउ परेका ओखलढुंगाका एक जना वडा सदस्य जेल चलान भएका छन्। लिखु गाउँपालिका–३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै उनी जेल चलान भएका हुन्।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ चाकु बजारमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा करिब चार सय जनाले सेवा लिएका छन्।
जिल्लाको दुर्गम क्षेत्रमा रहेको बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने भएको छ। पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन पहल चालिएको अध्यक्ष कमलबहादुर गडसिलाले बताए।
कुसे गाउँपालिका वडा नम्वर ७ समाकोटका बिजुले तिरुवाले जीवनमा फेरि उज्यालो आँखाले संसार देख्छु भन्ने कल्पनासम्म गरेका थिएनन्। १२ वर्षको उमेरमा घाँस ल्याउन जंगल गएको बेला रुखको हांगाले देब्रे आँखामा चोट लागेर ज्योति गुमाएका बिजुलेलको एक वर्षअघि दाहिने आँखाको पनि मोतिया विन्दुका कारण ज्योति गुमेपछि उनको जीवन पुरै अन्धकारमा चलिरहेको थियो।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ।
फेटा गाउँपालिकाको पुरैनियास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थी खुला अकासमुनि पढ्न बाध्य छन्। चैत १७ गते विनाशकारी हुरीले विद्यालयको भवनमा क्षति पु¥याएकाले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थी बािहिर पढ्न बाध्य भएका हुन्।
सिन्धुपाल्चोकको सबैभन्दा कम आन्तरिक आम्दानी रहेको लिसंखुपाखर गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ठूला योजनामा मात्र बजेट बिनियोजन गर्ने नीति अघि सारेको छ।
रुकुम (पूर्व)मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकालाई जातिय सद्भाव युक्त तथा छुवाछुत मुक्त स्थानीय तह घोषणा गरिएको छ । जातिय छुवाछुत तथा सद्भाव युक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि औपचारीक कार्यक्रमका बिच त्रिवेणीलाई घोषणा गरिएको हो । त्रिवेणी गाउँपालिकामा ९० प्रतिशतभन्दा बढि छुवाछुतको अन्त्य भएपछि घोषणा छ ।
विकास निर्माणका काममा अनियमितता तथा लापारवाही भएको खबर पाएपछि गाउँपालिका अध्यक्षले अनुगमन तथा निरीक्षण गरी लागत अनुमान अनुसारको सामाग्री प्रयोग नगरी कमसल सामाग्री प्रयोग गर्नेलाई कार्वाही थालेका छन्।
दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ। यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए।
प्रदेश १ को चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेअनुरूप प्रदान गरिएको प्रमाणपत्र र पुरस्कारबापतको चेक गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले ग्रहण गरेका हुन्।