८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

त्रिवेणी गाउँपालिका छुवाछुत मुक्त

छुवाछुत मुक्त तथा सद्भाव युक्त घोषणा का र्यक्रमका सहभागिहरु । तस्बिर : नागरिक

रुकुम - रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकालाई जातिय सद्भाव युक्त तथा छुवाछुत मुक्त स्थानीय तह घोषणा गरिएको छ । जातिय छुवाछुत तथा सद्भाव युक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि औपचारीक कार्यक्रमका बिच त्रिवेणीलाई घोषणा गरिएको हो । त्रिवेणी गाउँपालिकामा ९० प्रतिशतभन्दा बढि छुवाछुतको अन्त्य भएपछि घोषणा छ ।

यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकी लगायतका सबै सर्वजनीक स्थानमा कुनै पनि छुवाछुत नहरेकाले छुवाछुत मुक्त तथा सद्भाव युक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले जानकारी दिए । यसका साथै यहाँ गैरदलित र दलितबिच बैबाहिक सम्बन्ध हुने गरेको र सबैका चुलो, घरआगनमा पनि आवतजावत हुने गरेका कारण सद्भाव युक्त गाउँपालिका घोषणा गरिएको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष घर्ती र प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले संयुक्त रुपमा छुवाछुत मुक्त तथा सद्भाव युक्त गाउँपालिका घोषणा गरेका थिए । घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले समृद्ध स्थानीय सरकार बनाउनको लागि सद्भाव युक्त हुनुपनि एउटा महत्वपूर्ण उपलब्धी भएको बताए । यसले समाजलाई परिवर्तनको बाटोमा डो¥याउने उनको भनाई थियो ।

यसबाट अब कर्णाली प्रदेशमा अन्य स्थानीय तहले पनि सिको गर्नुपर्ने र जातकै नाममा हुने विभेद्को अन्त्य गर्नुपर्ने प्रजिअ रेग्मीको जोड थियो । समाजमा रहेका यस्ता कुसंस्कारलाई सबै मिलेर अन्त्य गर्नुपर्ने भएकाले यसमा स्थानीय सरकारले प्रभावकारी काम गर्नपर्ने उनले सुझाव दिए । घोषणा कार्यक्रममा गाउँपालिकालाई छुवाछुत मुक्त बनाउको लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै विभिन्न संस्था तथा व्यक्तिलाई सम्माण समेत गरिएको थियो । जिल्लाका अन्य तीन स्थानीय तह यो भन्दा पहिले नै घोषणा भइसकेका छन् । भने मुसीकोट नगरपालिका आगमी २१ गते घोषणा हुने अन्तिम तयारीमा रहेको छ ।  

 

 

प्रकाशित: १८ जेष्ठ २०७६ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App