१२ मंसिर २०८१ बुधबार
image/svg+xml

किसानलाई दुहुनो भैँसी बाँड्दै आरुघाट गाउँपालिका

पशुपालक किसानलाई आत्र्मनिर्भर बनाउने उद्देश्यले आरुघाट गाउँपालिकाले उन्नत जातको भैँसी र राँगा वितरण गरेको छ।

सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन

बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ।

उपनिर्वाचन २०७६ : मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ।

देवीलार्ई माईत ल्याउने अनौठो मेला

मंसिर १२ र १३ गते मेला लाग्ने त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ। मेलामा खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो र अप्ठेरोबाटो हुँदै भगवतीमाइलाई बेसीको मन्दिर ल्याइने गर्दछ।

गाउँपालिकाले छान्यो १० शिक्षक

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १० जना शिक्षक छनोट गरेको छ। गाउँपालिकाको अनुदान कोटाको पदपूर्तिका लागि आइतबार माविमा एकजना, आधारभूत तहमा पाँचजना र प्राविमा चारजना शिक्षक चयन गरिएको हो।

गोरु काटेर खाने चार पक्राउ

बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्। साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन्।

फस्टाउँदै अकबरे खुर्सानीको व्यापार

आर्थिक वर्ष ०७५/७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘अकबरे खुर्सानी’ ब्लक कार्यक्रम सञ्चालनमा आएपछि कृषकले खुर्सानी उत्पादन सुरु गरेका छन्।

वडाध्यक्षका लागि तीन जनाकाे मनाेनयन दर्ता

मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारमा तीन जनाले मनाेनयन दर्ता गरेका छन्। बुधबार सत्तारूढ दल नेकपा, नेपाली काङ्ग्रेस रएक जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन्।

अस्तव्यस्त तिलाठी कोइलाडी

कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालु आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ। तर कसैलाई पनि गाउँपालिका अध्यक्षले अख्तियारी दिएका छैनन्।

पर्यटकलाई अर्गानिक खान्की

जुम्ला कनकासुन्दरी गाउँपालिकाका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमीको दाल। अनि अर्कोमा तरकारी र कचौंरामा भांगोको चटनी। यो सबै तयारी हेर्दा कुनै चाडपर्वमा खानपिनका लागि तयारी गरेको जस्तो भान हुन्थ्यो। तर, त्यो मेलापर्वको खान्की थिएन। त्यो मुगुमा रहेको अप्सरा हेर्न आउने पर्यटकका लागि बनाएको अर्गानिक खान्की थियो।

मेलाका लागि गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

अपांगता भएकाहरूलाई सहारा सामाग्री

गजुरी गाउँपालिका–१ भदौरेका १५ वर्षीय सुमन भण्डारी अपांग छन्। जन्मेको दुई वर्षमा हातखुट्टा लुलो हुने र हिँड्न नसक्ने भएपछि ओछ्यानमै थलिए। उनी बोल्न सक्दैनन्। आमा मन्जु भण्डारीले उनको रेखदेख गर्दै आइरहेकी छन्। उनी अपांगता भएकैले बुबाले साथ छाडे, अर्कैसँग बिहे गरेपछि घरपरिवार चलाउनेदेखि अपांग छोराको स्याहारसुसार मन्जुले नै गर्दै आइरहेकी छन्।

साकेलामा तीन दलका उम्मेदवारको टुंगो

खोटाङको साकेला गाउँपालिका–३ खिदिममा वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि तीन दलले उम्मेदवार टुंगो लगाएका छन्। तत्कालीन वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएपछि सो स्थानमा उपनिर्वाचनका हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्