१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अनुदानमा अनियमितता

कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मालकोटलाई सहकारी नमुना गाउँ, होमस्टे (घरबास) र अर्गानिक गाउँ कार्यक्रमका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुईवटा सहकारी संस्थालाई अघिल्लो आर्थिक वर्ष एक करोड रूपैयाँ दियो। उद्देश्यअनुसार काम भइदिएको भए मालकोट अहिले अर्गानिक तरकारीको नमुना गाउँ हुन्थ्यो। होमस्टेमा पाहुना भरिएका हुन्थे। ‘न होमस्टे सञ्चालनमा आयो, न नमुना सहकारी गाउँ बन्यो,’ वडाध्यक्ष तुलाराज विकले भने, ‘एक करोड रूपैयाँ के काममा खर्च भयो, हामीलाई जानकारी छैन।’

केपिलासगढीका सबै वडामा बर्थिङ सेन्टर

खोकेपिलासगढी गाउँपालिकाका सबै वडा बर्थिङ सेन्टरयुक्त बनेका छन्। वडा ३ बासपानीस्थित स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनासँगै गाउँपालिका बर्थिङ सेन्टरयुक्त बनेको हो। बासपानीको बर्थिङ सेन्टर शनिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईले शिलान्यास गरेका हुन्।

१५ शैय्याको अस्पताल सञ्चालनमा

दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल सञ्चालनमा आएको छ। सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो।

प्रशासनको कमजोरी : व्यवसायीको मनोमानी, १० किमिको ५०० भाडा !

आरुघाट गाउँपालिकाको सोती हुँदै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला सम्म करिब १० किलोमिटर सडकमा यात्रा गर्दा पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ ।

अस्तव्यस्त तिलाठी कोइलाडी

कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालु आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ। तर कसैलाई पनि गाउँपालिका अध्यक्षले अख्तियारी दिएका छैनन्।

भवन नबन्दा चिज जोगाउन मुस्किल

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्र अझै टहरामै सञ्चालन भइरहेको छ। त्यहाँका कर्मचारी खुला स्थानमा बस्छन्। चिज पनि खुला स्थानमै उत्पादन भइरहेको छ। चार वर्षअघिको भूकम्पले भत्किएका संरचना अझै मर्मत भइसकेका छैनन्। संरचनाको अभावले उत्पादन गरिएको चिज एक महिनासम्म पनि राख्न नसकिने त्यहाँका कर्मचारीहरू बताउँछन्। वार्षिक १० हजारभन्दा बढी चिज तथा मखन उत्पादन गर्ने केन्द्रको भवन निर्माण हुन नसक्दा दिनप्रतिदिन समस्या बढ्दै गएको छ।

सुत्केरी गाउँपालिका घोषणा

पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ। बिहीबार प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले औपचारिकरूपमा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरे।

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ।

गुरुङ परिवारले गाउँपालिकालाई दान गर्यो १७ रोपनी जग्गा

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिकाएका बहादुर गुरुङले गाउँपालिकालाई १७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन्। गाउँपालिकाको कार्यालय निर्माणको लागि गुरुङ परिवारले सोमबार थुलुङ दुधकोशी गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिएका छन्।

मैनडाँडासम्म नियमित बस सञ्चालन

जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।

गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान

थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा

चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरिएको छ। स्वास्थ्य केन्द्र स्थापना भएको करिब २४ वर्षपछि एक्स–रे सेवा सुरु भएको हो।

एक फलफूलको बोट : रु दशको नोट

चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो।

मृतककाे नाममा पनि वृद्धभत्ता निकासा

खोटाङको बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्