अर्काको दुःखमा उत्सव
आफूले चिनेको मात्र होइन, जीवनमा कहिल्यै नभेटेका व्यक्तिको सफलता अनि विनाशमा पनि मानवीय दिमाग किन संवेदनशील बन्छ ? आफ्नो व्यक्तिगत मेहनत र पसिना बगाएर सफलता हासिल गरेका व्यक्तिको विनाशमा आखिर मानिसहरू किन खुसी हुन्छन् ? के मानवीय मस्तिष्कको बनोट अर्काको पीडामा रम्ने गरी बनेको छ ?

