भारतबाट ६ अर्बको खाद्यन्न आयात
नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट चालू आर्थिक वर्ष २०७३/०७४ को आठ महिनाको अवधिमा ६ अर्ब ६९ करोड ३५ लाख ६५ हजार मूल्य बराबरको खाद्यनन आयात भएको छ। क्षेत्रीय प्लाण्ट क्वारेन्टाइन कार्यालय नेपालगन्जका अनुसार तरकारी, फलफूल, खाद्यन्न, जडिबुटीसहित उक्त मूल्य बराबरको सामान आयात भएको हो।