१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सत्य प्रेम र मृत्यपत्र

जीवनमाथि यी दुई ध्रुवको पिङ नमच्चिने भए किन जन्मन्थ्यो होला ज्ञान ? किन रचिन्थ्यो होला इतिहास ? साँच्चै– साँच्चै बिहानीले सिकाएको कुरा नसुनिने भए किन झथ्र्यो होला रात र ओरालिँदै निदहरूको सपनाले किन गाउँथ्यो होला सम्भावनाहरूको गीत र अबेर किन नहोस् सम्पन्नता किन नहोस् समयको भ्रुणमा उभिएर चेतनाको निखारता संलिएर स्थुल र सूक्ष्म जगतको किन अगुवाइ बन्थ्यो होला ?

कुकुर

दिलाशाले गेटमा हेर्दै बोलिन् – ढोकामा बाँधेको कुकुर भनेकी होली । यो निर्दोष पशुको कुरा छोड । आजकाल कुकुरलाई मात दिने गरी अरू भुक्न थाले । कहिलेकाहीँ त निर्दोष महिलालाई पनि टोक्न छोड्दैनन्।

जोहो

पद्मा दिदीको बलेको यौवन, सुगन्ध चल्ने रूप सौन्दर्य र सुन्दर शैली भए पनि मर्यादाका सिमाले चल्नुपर्ने सामाजिक गतिसँग अरूभन्दा पर पद्मा दिदीलाई परम्परागत धर्मले छेकेको थियो ।

कमिलाझैं मेहनती हामी पनि बनौंला

कमिलाझैं मेहनती हामी पनि बनौंला , आफू हिँड्ने आफ्नो बाटो आफैं खनौँला। सिर्जनाको बीउ छरे उम्रिने छ माटामा, पुग्न सफल हुनेछौं उन्नतिको बाटामा। लक्ष्य एउटा लिएर हिँड्यौं भने पथमा, भेटिने छ गन्तव्य डुब्ने छैनौं दुःखमा।

कत्रो हतार फूल चुँडेर भाग्छन् हुरी बतास

उधार्छ आँखा हिमचुली वदन सर्वागं तिम्रो । हेर भागेर परेली नै जोडेर थुन्या छु प्रिय। अमूल्य रस दुई थोपा खसेर माया निख्रिन्न । कत्रो हतार फूल चुँडेर भाग्छन् हुरी बतास।

काठको बाकस

केही टुक्राटाक्री सपनाका खोजीमा परदेश लम्किएको म सपनाका सिला खोजेर आफ्नो जीवन त्यो अग्लो पहाडको सिलाजितझैं मजबुत बनाउन खोज्दै गर्दा अचानक आज चीर सपनामा स्वदेश फर्कंदैछ मेरो शरीर काठको बाकसमा !

गोपी सापकोटा दाइ मेरो लेखक सबैको

मैले दाइले लेखेका केही स्कृप्टहरू देखाइदिएँ, उनीहरूले सर्सर्ती हेरे र गोपी आएपछि बुटवल भेट्न पठाइदिनु भन्दै गए। जाने बेलामा उनीहरूले आफ्नो परिचय पनि दिए। तीमध्ये एकजना बुटवल चलचित्र हलका मालिक र “चेलीबेटी” चलचित्रका निर्माता प्रदिप उदय रहेछ् । पछि दाइ मामाघरबाट आएपछि बुटवल गएर उनीहरूलाई भेट्यो पनि। चलचित्र “चेलिबेटी”मा अभिनय गरेका कलाकारप्िरतको राजनैतिक पूर्वाग्रहका कारण चलचित्रले राम्रो व्यापार गर्न सकेन, र पछि उनीहरूले अर्को चलचित्र बनाएनन्।

खुशी रोपिँदै छ यहाँ

मेरा अङ्गदान स्वेच्छाले भएको हो । पछुतो छैन अपांग भएकीमा । यतिबेला मेरा भाइ कानुन पढ्दैछ, न्यायको वकालत गर्न । कन्दमुलले छाक टार्ने मेरा बाउआमा योबेला बासमती चामलको सुगन्धमा रमेका छन् । म मरेर मेरो अन्त हुँदैन, थुप्रै परिवारमा मेरा कोशिकाहरू सञ्चालित रहने छन् । आमा बन्ने जन्मसिद्ध अधिकार सुरक्षित छ । निःशुल्क वीर्यदान गर्न तयार छन् महापुरुषहरू । यदि कानुनन् अड्चनहरू आएन भने अर्को वर्ष मेरो क्लोनलाई यहीँ ल्याएर देखाउने छु । तर, यसो भन्दा तपाईँहरू मञ्चन नबन्नोस् । पूर्ण जीवनको स्वाद अधूरोमा पाइँदैन । इन्स्पेक्टर सर ! धन्यवाद तपाईँलाई । आवश्यक परयो भने आउने छु, कानुनको परिसरभित्र । अन्तमा यहाँहरू सबैलाई सकजअ !

महङ्गो राम्रो हुन्छ भन्ने सोचाइ

ऊ खसीको मासु किन्न पसल गयो । घर नजिकै मासुको नयाँ पसल खुलेको थियो । अलि परको पुरानो पसल छोडेर उसले त्यही पसलबाट मासु किन्यो । त्यो पसलमा बाहुनले नै बगरेको काम गरेको थियो । बगरेले चलनचल्तीभन्दा एकसय रुपियाँ सस्तोमा मासु दियो । उसले खुसी भएर किन्यो । तर घरतर्फ फर्कदा मनमा कुरा खेलायो —यसले यस्तो सस्तोमा दियो । कहीँ बाख्रीको मासु त दिएन ?

उचाइ

तिमी निकै माथि पुग्न सक्छौं। किनकि, तिमी त मानव हौ न त तिमीलाई हावाले नै छेक्न सक्छ।

संगत

छ्यांग उघ्रेको आकाशमा नीलो रङ्गसँगै मुछिएका उषाका रक्तिम किरण अस्वीकार गर्न सक्छ क्वै? वासन्ती वयमा फूलका कुचाले हम्कदै छरिएका एक भूगोल वास्नाहरू नाक छोपेर पर हटाउन चाहन्छ क्वै ?

नयाँ वर्षको यात्रा

जिन्दगी छोटो छ थाहा छ। छोटो जिन्दगीले लामो यात्रा रोज्न खोज्छ। नयाँनयाँ ठाउँमा पुग्न खोज्छ। प्रायःलाई नयाँ र नौलो अनुभव र अनुभूति बटुल्ने भोक जगाउँछ। सोहीमध्येको एउटा यायावर मनका इच्छाको भोक लागिरहनेमध्ये आफूलाई पनि एकमा गणना गर्ने गरिएको छ।

के गर्छौ त यस्तै रै छ नियतिको खेल प्यारी

बाँचे भने फर्की आउँछु दुखसुख झेल प्यारी, के गर्छौ त यस्तै रै छ नियतिको खेल प्यारी। परदेशीले माया मार्यो भन्दै होलान् बाबाआमा, खान–लाउन पुर्याए है दुई दिन बाँचुञ्जेल प्यारी। बुढा भाका बाआमालाई भिरपाखामा नपठाउनू , बर्खा लाग्यो बढे होलान् खोलानाला भेल प्यारी।

विश्वभरि जताततै कोरोनाको कहर छ

विश्वभरि जताततै कोरोनाको कहर छ,मर्न होइन हजुर मलाई बाँच्न रहर छ। उकुसमुकुस हुन्छ स्वास निसासिन्छ,जता हेर्यो उतैतिर कोरोनाको लहर छ ।

टीका

विगत चार वर्षदेखि छात्रावासमा राखिएकी छोरी हरेक परीक्षामा कृपांकको भरमा कक्षोन्नति गरिएकी थिई। उसले आफूलाई साथीहरू माझ कमजोर ठान्ने हुनाले खुलेर कुराकानी गर्दिनथी। होस्टेल वार्डेनको भनाइले आमाको मनमा च्वास्स घोच्यो। अनुनय गरी उसलाई त्यहाँ राखिछाड्न पनि उनको मनले मानेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्