सुजन तिमल्सिना
भन्दै थिए उडेका
पन्छीहरू,
हामी त कति नै माथि
पुग्न सक्छौं र,
तिमी त हाम्रो
स–हृदयी हौ।
एकपटक उड्ने प्रयास त गर,
तिमी निकै माथि पुग्न सक्छौं।
किनकि, तिमी त मानव हौ
न त तिमीलाई हावाले नै
छेक्न सक्छ।
प्रकाशित: १० वैशाख २०७८ ०३:१९ शुक्रबार