२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कुकुर

लघुकथा

 बालकृष्ण गजुरेल 

 

धेरै दिनपछि नमुना कार्की साथीको घरमा पार्टी खान गइन् । पाहुना तथा आफन्त धनाढ्य थिए । सबै प्रकारका मासु उपलब्ध थिए । मदिरा पनि विश्वका कुनै ब्राण्ड छुटेका थिएनन् । पार्टी भव्य भयो ।  कोही उच्च तहका जागिरे थिए । कोही उच्च तहका व्यापारी थिए।

डान्सिङ बिटका गीत बज्यो । सबै जना मनोरञ्जनमा भुले ।  रातको नौ बजेपछि घर फर्कने क्रम सुरु भयो । नमुना पनि घर फर्कन तयार बनिन् । साथी नभेटिएकाले केहीबेर आँखा गेटमा लगाइन् । धेरै बेर गेटमा उनको आँखा केन्द्रित भयो।

दिलाशा नजिक आएपछि भनिन् , ‘हेर.. न साथी , त्यो समयमा मात्र भुक्छ, सीमित तथा आवश्यक भुक्छ र  बफादारी भएर भुक्छ।

दिलाशाले गेटमा हेर्दै बोलिन् –  ढोकामा बाँधेको कुकुर भनेकी होली । यो निर्दोष पशुको कुरा छोड ।  आजकाल कुकुरलाई मात दिने गरी अरू भुक्न थाले । कहिलेकाहीँ  त निर्दोष महिलालाई पनि टोक्न छोड्दैनन्।  

प्रकाशित: ११ वैशाख २०७८ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App