रामकुमार पण्डित क्षेत्री
१) फेसबुकको रचना
ऊ तारिफको भोको थियो । रचना फुर्नासाथ तुरुन्तै फेसबुकको स्ट्याटसमा पोस्ट गथ्र्यो । सयाँै लाइक र कमेन्टहरू आउँथे । ऊ फुरुङ्ङ पथ्र्यो । कमेन्ट दिनेहरूले क्या देशभक्तिपूर्ण ! क्या स्वादिलो ! क्या रसिलो ! आदि भनेर कमेन्ट दिन्थे । ऊ झनै हौसिन्थ्यो । कहिले नयाँ विचार फुर्ला र स्ट्याटसमा लेखिहालाँैला भनी सोच्थ्यो।
एकदुई महिनापछि साहित्यिक पत्रिकामा औँलामा गनिने साहित्यिकारको रचना छापियो । उसले पढ्यो । रचनाको लेखन शैली फरक थियो तर भन्न खोजेको विषय–वस्तु ठ्याक्कै उसकै फेसबुकको स्ट्याटस जस्तै थियो । त्यसपछि खिन्न भएर फेसबुकमा कहिल्यै स्ट्याटस नराख्ने प्रतिज्ञा गरयो।
२) आमाको समता
एक जना आमाका दुई छोराहरू थिए । छिमेकीहरूलाई सुनाएर आमा भन्दिथन् —‘मेरो नजरमा दुवै छोराहरू बराबर हुन् । एउटालाई काखा र अर्कोलाई पाखा गर्दिन।’
जेठो छोरो चलाख थियो । मेहेनती थियो । घर उसैको भरमा इज्जतका साथ बाँचेको थियो । कान्छो सुस्त दिमागको थियो । अल्छी र घरको लागि घाँडो थियो । तैपनि कान्छो छोरो आमाको प्यारो थियो । लोग्नेको मृत्यु भएकाले त्यसको स्याहारको लागि ऊ हरदम तयार हुन्थिन्।
एक दिन खाना खाँदा त्यसले दाजुजस्तै छिटो खान सकिनँ भनेर रुन थाल्यो । आमाले फकाइफुल्याइ पारेर आफैँ खुवाउन थालिन् । आमाको हातबाट खान खाएपछि ऊ फुरुङ्ङ प¥यो । केही दिनपछि ऊ त्यसमा पनि असन्तुष्ट भयो । जित्नका लागि उसले खाना तरल रूपमा माग्यो । आमाले आफैँले चपाएर निल्न दिइन् । ऊ त्यसमा पनि सन्तुष्ट भएन । उसले अब भन्न थाल्यो कि; दाजुको एउटा हातै छिनाइदेऊ भनेर।
आमा अविवेकी भएर जेठो छोरालाई एउटा हात छिनाल् भनिन् । आमाले जिस्किएकी होली भन्ने ठानेर जेठो छोरो केही नबोली काममा गयो । अर्कोदिन पुनः आमाले त्यही वाक्य दोहोरयाइन् । यसपटक जेठो छोरो मझदारमा परयो । आमाले साँच्चै भनेकी छिन् कि ख्याल ठट्टा गर्दै छिन् खुट्याउन सकेन । दिनभरि काम गर्दा पनि उसको दिमाग त्यसैमा घुमिरह्यो । अर्कोदिन फेरि आमाले छुरा देखाउँदै भनिन् — जेठा ! तेरो एउटा हात तँ आफैँ काट्छस् कि म आफैँ काटिदिऊँ ?
यसपटक जेठोले आमाको कुरा प्रस्ट बुझ्यो । आफैँले जन्माएकी सन्तानबिच समानता ल्याउन गर्न लागेकी समतामूलक व्यवहारलाई चिन्यो । आफ्नी आमाको ममताप्रति आँसुका ढिक्काहरू तुरुक्क चुहायो । अनि त्यहाँबाट फुत्त बाहिर निस्कियो । ऊ घर कहिल्यै फर्केन।
त्यसपछि दिन प्रतिदिन त्यस घरको हालत दयनीय भयो । बिस्तारै ती आमा र कान्छो छोराको जिउमा समानता देखिन थाल्यो । युद्धग्रस्त देशका पीडित मान्छेहरूले खान नपाएर छाला र हाड टाँसिएको ‘कङ्काल’ जस्तै । छिमेकीहरूले उनीहरूको मौलिक अधिकारमाथि क्रमशः आफ्नो हैकम जमाउन थाले।
३) प्रतिनिधि रचना
प्रतिनिधि रचना छाप्ने भनेर प्रतिष्ठित पत्रिकाको सम्पादकले प्रचारप्रसार ग¥यो । ठूलाठूला लेखकदेखि सानासाना नाम नसुनेका लेखकसम्मले पनि रचना छाप्नलाई दिए । सम्पादकले क्रमैसँग नाम चलेका लेखकबाट आएका रचनालाई टप्पटप्प टिपी प्राथमिकतामा राख्यो । यसो गर्दा नाम नसुनिएका तर अब्बल दर्जाका रचनाहरू छुटे । अलि फरासिलो स्वभाव भएको सहसम्पादकलाई चित्त नबुझेर सोध्यो —सम्पादकज्यू ! कति नाम नसुनेका तर प्रतिनिधि गर्न सक्ने रचनालाई नछानेर किन पुराना लेखकको निम्नस्तरको रचनालाई छान्नु भो ?
सम्पादकले ठट्यौली पारामा भन्यो —अरे सर ! रचना निम्नस्तरको प्रतिनिधित्व गर्न नसक्ने होला तर रचनाकार त प्रतिनिधि हुन् नि ! फेरि पछि हामीलाई परेको बेलामा सहयोग गर्ने त यिनै प्रतिनिधि रचनाकार न हुन्, नयाँ त होइनन्।
यस्तो जवाफ सुनेर सहसम्पादक फिस्स हाँस्यो।
४) ) महङ्गो राम्रो हुन्छ भन्ने सोचाइ
ऊ खसीको मासु किन्न पसल गयो । घर नजिकै मासुको नयाँ पसल खुलेको थियो । अलि परको पुरानो पसल छोडेर उसले त्यही पसलबाट मासु किन्यो । त्यो पसलमा बाहुनले नै बगरेको काम गरेको थियो । बगरेले चलनचल्तीभन्दा एकसय रुपियाँ सस्तोमा मासु दियो । उसले खुसी भएर किन्यो । तर घरतर्फ फर्कदा मनमा कुरा खेलायो —यसले यस्तो सस्तोमा दियो । कहीँ बाख्रीको मासु त दिएन ?
घरमा पकायो । खायो । अलिकति चाम्रो लाग्यो । पक्का विश्वास गरयो, त्यो बूढी बाख्रीकै मासु हो भनेर । हरेक हप्ता मासु खाने उसले, अर्को हप्ताचाहिँ आफ्नो विश्वासिलो बगरेकहाँ गयो । त्यस बगरेले चलनचल्तीभन्दा पचास रुपियाँ बढाएर मासु बेचेको थियो । उसले घर फर्कदा सोच्यो —यसले पक्का शुद्ध खसीको मासु बेचेकैले अलि महँगो गरेको हो ।’
उसले घरमा लग्यो, पकायो, खायो। मासु गएको हप्ताभन्दा अझ चाम्रो थियो । सोच्यो —बगरेले नाफा खान छिप्पेको खसी ल्याएछ।
उसले विश्वास गरेको बगरेले छोटो अवधिमै मनग्गे कमाएको थियो । मान्छेहरू पनि त्यही बगरेकहाँ भिड लाग्दथे।
एकदिन ऊ झुक्किएर त्यो विश्वासिलो बगरेको खसी खुइलाउने कोठामा पस्यो । बगरेले पनि ऊ त्यो कोठामा छिरेको होसै गरेन । नत्र त अनुमति बेगर कसैलाई छिर्न दिन्थेन । छिर्नासाथ त्यहाँको दृश्य देखेर उसलाई उल्टी नै आउन खोज्यो।
त्यहाँ उसले बूढी बाख्रीको आठदसवटा दूधको कल्चौडा झुन्डाइरहेको देखेको थियो।
५) कर्तव्य पालन
एकजना वरिष्ठ सुरक्षाकर्मीले आफ्नो मातहतका सुरक्षाकर्मीहरूलाई कर्तव्य बारेमा पाठ पढाइरहेको थियो । भन्दै थियो —केटा हो, मेरो यो पदोन्नति, मेरो राम्रो कर्तव्यकै कारणले भएको हो । त्यसैले तिमीहरू पनि कर्तव्य गर्नबाट विमुख नहुनू ! कर्तव्यको पालना राम्रोसँग गर्नेको पदोन्नति छिटो हुन्छ । मेरो आदेशको पालना गरेस् !
उसको कुरा सुनेर बसेका सबैले एकै स्वरमा भने —हस्, साप !
त्यहीबेला केन्द्रबाट आदेश आयो —गोसाईकुन्डमा जापानी महिला हराइरहेकी छे रे । तुरुन्त पत्ता लगाउनु !
वरिष्ठ सुरक्षाकर्मीको कमान्डमा एउटा बटालियन नै त्यसतर्फ गयो । उनीहरूले यति कुरा पत्ता लगाए कि; त्यो महिला तीन दिनअघि एउटा होटेलबाट साँझपख घुम्न निस्केकी थिई। तर, फर्किएकी थिइन । गाइडबिना आएकी ती महिला पैतीस वर्ष जति उमेरकी थिई । त्यतिन्जेल हिउँको चिसोले उनीहरूको बाक्लो ज्याकेटभित्र आक्रमण गरिसकेको थियो । त्यसमाथि सिमसिम परेको पानीले उनीहरूको सातो लिइ सकेको थियो । त्यसैले एकछिन आगो ताप्नु परयो भनी उनीहरू नजिकैको होटेलभित्र छिरे । होटेल मालिकले उनीहरूलाई जुवाइँलाई जत्तिकै सम्मान गरी आगो ताप्न अगेनो सुम्पियो । उनीहरू अगेनोको वरिपरि बसे । त्यसपछि त्यही महिलाको बारेमा अड्कल लाउन थाले —त्यो आइमाइलाई नागकुन्डको नागले तान्यो होला ।एउटाले भन्यो ।
–कि त्यो बाटैबाटो हिँडेर काठमाण्डूतिर पुगिसकी कि ?अर्काले थप्यो ।
गोसाईकुन्डको छेउमा चिप्लेर डुबेर मरी कि ? फेरि अर्कोले शङ्का व्यक्त ग¥यो।
–डुबेर मरेको भए त लास तैरिनु पर्ने नि।
यस्तैयस्तै आशंका गदै जाँदा उनीहरूको कुरा यो विषयमा गएर टुङ्गियो —केटी तरुनी रैछे । एकदुई जना मिलेर त्यसलाई रेप गरेर भएको पैसासैसा लुटेर कतै खोचमा फाल्दे होलान्।
गफ चल्दै गर्दा होटेलवालाले उनीहरूलाई सित्तैमा चिया–खाजा खुवायो । यसरी आगो ताप्दाताप्दै साँझको पाँच बज्न लागेको थियो, केन्द्रबाट फोन आयो —त्यो महिला भेटियो ?
वरिष्ठ सुरक्षाकर्मीले जवाफ दियो —छैन साब । हामी बिहानदेखि अहिलेसम्म खोजेका खोज्यै छौ । भेटिएको छैन।
उसको जवाफ सुनेर सबैभन्दा तल्लो दर्जाको सुरक्षाकर्मी मुस्कुरायो । मनमनै भन्यो —कर्तव्यको पालना यसरी मुखले मात्रै गर्नेले पो प्रमोसन पाउँदो रहेछ । भनेपछि काम त किन गर्नु पर्यो र ?
प्रकाशित: १० वैशाख २०७८ ०६:०८ शुक्रबार