८ वैशाख २०८१ शनिबार
कला

विश्वभरि जताततै कोरोनाको कहर छ

मुक्तक

  –हिक्मत बुढाथोकी प्रेम

 

           १)

हामी बासबाट ढुक्क अब हुने कहिले होला,

हामी गाँसबाट  ढुक्क अब हुने कहिले होला!

जुन जोगी आए पनि यहाँ सबै कानै चिरेका,

हामी त्रासबाट ढुक्क अब हुने कहिले होला! 

            २)

बैगुनीलाई कहिले पनि गुन हुँदैन,

हेर पितल कहिले पनि सुन हुँदैन।

जति आफ्नो भन पराईलाई तिमी,

पराई कहिले आफ्नो खुन हुँदैन।

          ३)

विश्वभरि जताततै कोरोनाको कहर छ,

मर्न होइन हजुर मलाई बाँच्न रहर छ।

उकुसमुकुस हुन्छ स्वास निसासिन्छ,

जता हेर्यो उतैतिर कोरोनाको लहर छ।

           ४)

कति मरेर पनि युगौँ युगसम्म बाँच्नेहरू छन,

कति मनभरि सधै मिठा सपना साँच्नेहरू छन।

जीवनको अर्थ सायद यही भित्र रहेछ क्यारे,

कति दुःखपीडामा पनि सधैं यहाँ हाँस्नेहरू छ्न।

           ५)

गरीब पनि यहाँ अब बाँच्न पाउनुपर्छ,

धेरै भयो पीडा यहाँ हाँस्न पाउनुपर्छ।

हुनेखानेहरू खाएर बसे लकडाउनमा,

गरीबको यो सूचना टाँस्न पाउनुपर्छ।

प्रकाशित: ९ वैशाख २०७८ ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App