२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कमिलाझैं मेहनती हामी पनि बनौंला

बालकविता

–सरस्वती श्रेष्ठ ‘सरू’

 

कमिलाझैं मेहनती हामी पनि बनौंला ,

आफू हिँड्ने आफ्नो बाटो आफैं खनौँला।  

 

सिर्जनाको बीउ छरे उम्रिने छ माटामा,  

पुग्न सफल हुनेछौं उन्नतिको बाटामा।

लक्ष्य एउटा लिएर हिँड्यौं भने पथमा,  

भेटिने छ गन्तव्य डुब्ने छैनौं दुःखमा।

 

गौंथलीझैं परिश्रमी हामी पनि बनौंला,  

आफू हिँड्ने आफ्नो बाटो आफैं खनौंला।

आफू हाँसी हँसाऊँ यो राष्ट्रको मुहार,

प्राप्त हुन्छ ज्ञानले हिरा रत्न जुहार।

 

समयको महिमा बुझी गुनौं मनमा,  

ज्ञानको ज्योति बल्दैन अल्छीपनमा।

माहुरीझैं जाँगरिलो हामी पनि बनौंला,  

आफू हिंड्ने आफ्नो बाटो आफै खनौंला।

प्रकाशित: ११ वैशाख २०७८ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App