९ आश्विन २०८० मंगलबार

डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका डा.आचार्यको उम्मेदवारी

नेपालले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रका निर्देशक पदको चुनावमा डा. शम्भु प्रसाद आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।सङ्गठनका विश्वभर ६ क्षेत्रीय कार्यालय रहेकोमा दक्षिण पूर्वी एसिया क्षेत्र पनि एक हो।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

साकेला गाउँपालिका-३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको संक्रमण देखिएको छ।

स्वास्थ्यमा ४.८ प्रतिशत मात्र बजेट

नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि र विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्छ।

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ।

प्रचण्ड गर्मीले युरोपमा १५ हजार जनाको मृत्यु

क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्यांक उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा ज्यान गएको सोमबार बताएका हुन्।

इबोला प्रकोपको नियन्त्रण गर्न युगाण्डा र यसका छिमेकी देशलाई आर्थिक अभाव

युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो। युगाण्डका स्वास्थ्य मन्त्री मार्गरेट मुहांगाले बिहीबार यहाँको संसदमा बोल्दै यहाँ इबोलाको प्रकोपका विरुद्धमा लड्न सो रकम आवश्यक रहेको जानकारी दिएका हुन्।

‘मुटु रोगले गाउँका कृषकलाई पनि छाडेन’ कसरी बच्न सकिन्छ मुटु रोगबाट?

हाम्रो खानामा पिजा, बर्गर, डुनट, केक, आइसक्रिम, फास्टफुड र होटलका खानेकुरा धेरै पर्छन्। सँगै शारीरिक निष्क्रियताले पनि यसको बिरामी बढ्दै गएको छ। उनी भन्छन्, ‘जनचेतनाको कमीले खानपान र जीवनशैली फरक पार्छ। विगत हेर्दा पश्चिमी खानपिनमा हाम्रो झुकाव बढ्दै गएको छ।’

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ।

क्यानाडामा मंकीपक्सका ८ सय ९० संक्रमित

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको संक्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ।

जडीबुटी नीति र आर्थिक लाभ

नेपालका विश्वविद्यालयहरूमा पढाइने औषधिजन्य वनस्पतिहरूको छुट्टै पाठयक्रम विकास गर्नुपर्छ। त्यसमा अन्तर पेशागत सहकार्य मार्फत वनस्पतिविज्ञ, औषधिविज्ञ, आयुर्वेदविज्ञ, चिकित्सक आदिको बृहत समूह बनाई जडीबुटी विषयमा उपाधि दिने गरी अगाडि बढाउने नीति तयार गर्नुपर्छ।

दिगो भविष्यका लागि लैंगिक समानतामा जोड

डब्लुएचओकी दक्षिण पूर्वी एसिया निर्देशक पुनम क्षेत्रपाल सिंहका अनुसार जलवायु परिवर्तनका कारण विस्थापित हुनेमा ८० प्रतिशत महिला छन्। त्यस्तै प्राकृतिक प्रकोपबाट पनि पुरुषको तुलनामा महिला धेरै पीडित हुने गरेको जनाइएको छ। विशेषगरी महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था कमजोर भएका मुलुकहरूमा यस्तो हुने गरेको संगठनले जनाएको छ।

अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

विश्व स्वास्थ्य संगठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने लक्ष तय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्